सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एकै परिवारको पाँच सय सदस्यको निकै दुर्लभ पुर्नमिलन

बुधबार, २६ माघ २०७३, १७ : २७
बुधबार, २६ माघ २०७३

एक चीनियाँ परिवारको पाँच सय सदस्यको निकै दुर्लभ पुनर्मिलन भएको छ । उनीहरुको यो ऐतिहासिक पुर्नमिलनलाई जीवन्त राख्न फोटोसमेत खिचिएको छ ।

रेन परिवारको पुनर्मिलन चीनको  सिसे गाउँमा भएको थियो । उक्त तस्बिर पूर्वी प्रान्त झेजियाङमा खिचिएको हो ।

गत हप्ता चीनियाँ नयाँ वर्षको उपलक्ष्यमा यो परिवारको पुनर्मिलन भएको हो ।

फोटोग्राफर झाङ लियाङझोङले यो परिवारको तस्बिर ड्रोनमार्फत खिचेका हुन् ।

उनले बीबीसीलाई दिएको जानकारी अनुसार रेन परिवारको ८ सय ५१ वर्ष पुरानो इतिहास छ । तर यो परिवारको हाँगाको विगत ८ दशकदेखि अपडेट गरिएको छैन ।

त्यहाँका स्थानीयले केही समय पहिले मात्रै आफ्नो परिवारबारे सोधखोज गरी सात पुस्ताका करिब  २ हजार जीवित वंशजको खोजी गरेको झाङले जानकारी दिए ।

२ हजारमध्ये लगभग ५ सयजनालाई एउटै स्थानमा जम्मा गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप