सुदूरपश्चिममा औषधि खरिदका लागि सात करोड निकासा
डडेल्धुरा - स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख निकासा गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, नौवटै जिल्लाका जिल्ला जनस्वास्थ्य/स्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु छ करोड ८७ लाख औषधि खरिदका लागि निकासा गरेको हो ।
भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि रु छ करोड ८७ लाख रकम निकासा भएको तथा स्वास्थ्य संस्थामा अविलम्ब औषधि पु¥याउन निर्देशन दिएको सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएका छन् । सुदूरपश्चिममा औषधि खरिदका लागि सबैभन्दा बढी क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा रु ७० लाख निकासा भएको छ ।
डडेल्धुराको जोगबुढा अस्पताल अस्पताल र कैलालीको मालाखेती अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई सामान रु १० लाख र पाँच लाख गरी रु १५/१५ लाख निकासा गरिएको छ ।
पहिलो चरणमा रु ६० लाख र दोस्रो चरणमा रु १० लाख गरी रु ७० लाख निकासा भएको हो । यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीमा रु ५५ लाख र १२ लाख गरी रु ६७ लाख, बैतडीमा रु ५० लाख र रु १० लाख गरी रु ६० लाख औषधि खरिदका लागि निकासा भएको छ ।
त्यस्तै, कञ्चनपुरमा रु ४५ लाख र रु १२ लाख गरी रु ५७ लाख, अछाममा रु ४५ लाख र रु ११ लाख गरी रु ५६ लाख, डोटीमा रु ४५ लाख र रु नौ लाख गरी रु ५४ लाख, बझाङमा ४३ लाख र ९ लाख गरी ५२ लाख तथा डडेल्धुरामा रु ३५ लाख र रु १० लाख गरी रु ४५ लाख निकासा भएको छ ।
बाजुरा र दार्चुलामा सामान रु ४० लाख र रु आठ लाख गरी रु ४८/४८ लाख निकासा भएको जनाइएको छ । मन्त्रालयले विभिन्न अस्पतालमा समेत औषधि खरिदका लागि सिधै रकम पठाएको डडेल्धुरा स्वास्थ्य कार्यालयका प्रमुख वृषबहादुर शाहीले जानकारी गराए ।
विसं २०६६ मा निःशुल्क औषधि वितरण गर्ने घोषणा गरेको सरकारले २०७१ भदौ १३ गते जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्यचौकीमा ३५ प्रकारका औषधि निःशुल्क हुने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण