पैसा अभावमा कुवेतबाट श्रीमायाको शव आएन
कुवेत– गत जनवरी ३० तारिखमा कुवेतको प्रहरी थानामा मृत्यु भएकी श्रीमाया नेपालीको परिवार सम्पर्कमा आएका छन् । कुवेतको साल्मिया स्थित प्रहरी थानामा ज्यान गुमाएकी तनहुँकी ३७ वर्षीया श्रीमाया नेपालीको शव नेपाल पठाउन दुताबासले ३५० केडी मागेपछि (नेपाली लगभग एक लाख पच्चीस हजार) सो रकम बुझाउन नसक्दा उनको शव अलपत्र परेको छ ।
दुताबासले ३५० केडी लिएर आए आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव नेपाल पठाउन पहल गर्ने नभए मृतकको कुवेतमै अन्त्यष्टि हुने बताएपछी श्रीमायाको परिवार चिन्तामा डुबेको छ । ‘ आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको श्रीमायाको परिवारको उक्त रकम पठाउन सक्ने अवस्था छैन’ मृतकका परिवारले सहयोगको लागि कुवेतमा क्रियाशील संघसंस्था तथा नेपाली समुदायलाई अनुरोध गरेका छन् ।
घरेलु कामदारको लागि सन् २०१३ मा कुवेत आईपुगेकी उनि १ बर्ष पहिले स्पोन्सरको घरबाट भागेर गैरकानुनी रुपमा काम गर्दै आएकी थिइन् । उनलाई स्पोन्सरले २०१४ मा भगौडा केसको मुद्दा हालेको थियो । श्रीमाया कुवेत सरकारको तर्फबाट चेक जाँचको क्रममा पक्राउ परेकी हुन् ।
श्रीमानले अर्को बिबाह गरेर बिचल्ली बनाएपछी विदेशिएकी उनको नाबालक दुई छोरा र एक छोरी छन् ्र श्रीमायाको मृत्युको कारण भने खुलाईएको छैन् । शव कुवेतको मुबारक अलकबिर अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण