युवासंघको विवाद उत्कर्षमा, एमालेमा खैलाबैला
काठमाडौँ – नेकपा एमालेको भातृ संगठन युवासंघमा देखिएको विवादको असर एमाले पार्टीभित्रै पुगेको छ । युवासंघमा माधव नेपाल पक्ष र केपी ओलीपक्षबीच पार्टीको विधान कार्यान्वयन गर्ने कि नगर्ने भन्नेमा बिबाद चरम उत्कर्षमा पुगेको छ ।
युवा संघमा रहेका यी दुई गुटबीच विधान र नियमावलीका विषयमा विवाद हुँदा पटकपटक युवासंघको बैठक नै अवरोध हुदै आएको छ ।
युवासंघको विवादको असर एमाले पार्टीमै पर्न थालेको युवा संघका एकजना सचिवालय सदस्यले बताए । ती सदस्यका अनुसार यो विवादले पार्टीमा दुबै पक्षले आ आफ्नो समुहको पक्ष लिने हुँदा विवाद सतहमा आउन थालेको छ ।
१६ महिना अघि युवासंघको अध्यक्ष बनेका राजीव पहारीले आफु अध्यक्ष भएको ६ महिनामा महाधिवेशन गर्ने बचन दिएका थिए । तर, १६ महिनापछि बल्ल केन्द्रीय समितिको बैठक बसाए । बैठक पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गदै विचार, विधान र नीति एउटै भएका कारण एमाले र उसका भातृ संगठनमा कुनै विवाद नरहेको जिकिर गरेका थिए । तर युवासंघको कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गरेको केहिबेरमै युवासंघको बैठक नै स्थगित हुन पुगेको थियो ।
संस्थापन पक्षले पार्टीको विधान र नियमावली नमानेकाले पटक पटक बैठक स्थिगित भएको नेपाल पक्षका एक केन्द्रीय सदस्य बताउँछन् । युवा संघको सचिव क्रान्ति बुर्लाकोटीले भनिन् ‘पार्टीले २०७२ सालमा विघटन गरेको अन्तर जिल्ला अहिले आएर व्युताएकाले विवाद सुरु भएको हो । युवा संघ एमालेको भातृ संगठन भएकाले पार्टीको विचार निति निर्देशन मान्नु यसको दायित्व हो तर बहुमत पक्षले पार्टीको विधि र विधान मिचेर गएकाले आफुहरु विपक्षमा लाग्नु परेको हो ।’ युवा संघका कार्यलय सचिव प्रभावत विक्रम कटुवालले युवा संघ एमालेको भातृ संगठन भएपनि छुटै विधान भएकाले आफ्नो विधान अनुसार चल्ने बताए । ‘ युवा संघले पार्टीको विधान नमान्न पनि सक्छ,’ उनको चेतवनी छ ।
ओली समुहले पार्टीको विधान र निति भन्दा पनि युवा संघको विधान र नीति अनुसार युवा संघ चल्ने बताउदै आएको छ । यदि विधान र निति नियम परिबर्तन गर्ने हो भने कि त विधान सम्मेलन कित महाधिवेशन हुनु पर्ने जिकिर ओली पक्षको छ । तर माधव नेपाल समुहको भने पार्टी नै सबैभन्दा ठूलो भएकाले पार्टीले जारी गरेको निति निर्देशन पालना गरेर जानु पर्ने बताउँदै आएका छन् ।
पटक–पटक माधव नेपाल समुहले बहिष्कार गरेर पनि चार दिन म्म चलेको बैठकले आगामि बैशाख ९ गते देखि १२ गतेसम्म विधान सम्मेलन र महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण