कायर्यदलमै एमालेको असन्तुष्टि
काठमाडौ - स्थानीय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनबारे अध्ययन गर्न गठित कार्यदलले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।
बैठकमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसहित पाँच दलको सहभागिता थियो । सो बैठकमा एमालेले कार्यदलको गठनप्रति विरोध गरेको थियो ।स्रोतका अनुसार आयोगले बुझाएको प्रतिवेदन सच्याउने अधिकार कार्यदललाई नरहेको भन्दै एमालेले विरोध गरेको थियो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका उपाध्यक्ष भीम रावलले आयोगले बुझाएको प्रतिवेदनलाई विवादमा ल्याएर चुनाव नगराउने रणनीति सरकारको रहेको दावी गरे ।
आयोगको प्रतिवेदन र सविधान संशोधन दुवै फरक कुरा हो, सविधान संशोधन र कार्यदलको सुझावलाई नपर्खिन र चुनावको मिति घोषणा गर्न सत्तारुढ दललाई आग्रह गरेको उनले बताए ।
त्यसको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो कार्यदलले आयोगको प्रतिवेदन संशोधन होइन, कार्यविधि अनुसार काम भएको नभएको हेर्ने मात्र रहेको प्रतिकृया बैठकमा दिएको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण