कञ्चनपुरमा रहेको क्याम्पसमा अज्ञात समूहद्वारा आगजनी
भीमदत्तनगर - कञ्चनपुरको भीमदत्तनगरमा रहेको कञ्चन सामुदायिक क्याम्पसमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।
क्याम्पसको प्रशासन र लेखाकक्षमा गरिएको आगजनीका कारण क्याम्पसका सबै कागजात जलेर पूर्णरुपमा नष्ट भएका छन् । मध्यरातमा गरिएको आगजनीबारे क्याम्पसमा रहेका चौकीदारले प्रहरीलाई खबर गरेपछि तत्काल घटनास्थल पुगेको प्रहरीले दमकलको सहारामा आगो नियन्त्रणमा लिएको थियो ।
आगजनी कसले र किन ग¥यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । क्याम्पस प्रमुख डा राजकुमार साउँदले आगजनी गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । आगजनीका कारण आज बिहान क्याम्पसको अध्ययनसमेत प्रभावित भएको छ । विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै क्याम्पस परिसरमै प्रदर्शन समेत गरेका छन ।
केही साताअघि मात्रै क्याम्पसबाट अज्ञात समूहले नै एक थान ल्यापटप र रु दुई लाख चोरी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण