दुर्घटनामा एक ट्रक चालकको मृत्यु, अर्को चालक गम्भीर
लहान - पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानमा आज बिहान दुई ट्रक एकापसमा ठोक्किँदा एक चालकको मृत्यु भएको छ भने अर्का चालक गम्भीर घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ७१२ र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परी बा ४ ख ७१२ नम्बरको ट्रकका चालक मकवानपुरको आमभन्जाङ–४ निवासी २७ वर्षीय हरिबहादुर लोको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
गम्भीर घाइते चालक लोको उपचारका लागि लहानस्थित अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का ट्रक चालक मनवानपुरको हेटाँैडा–१९ निवासी रमेश चौलागाईंको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण