स्वास्थ्य केन्द्रमा उपकरण खरिदका लागि मन्त्रालयले छुट्टायो ९६ करोड
बिहीबार, २७ माघ २०७३, १४ : ४९
काठमाडौँ - स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक उपकरण पुग्ने जनाएको छ ।
सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन अहिले रु ९६ करोड उपकरण खरिदका लागि छुट्याइएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए ।
उनले सबै २०१ प्राथमिक स्वास्थ्य केन्द्रको भवन, चिकित्सक, औषधि र उपकरणको अवस्था अध्ययन गर्न र निर्देशन दिएका थिए ।
सोही अध्ययनका आधारमा सबै स्वास्थ्य केन्द्रमा विभिन्न उपकरण आवश्यक देखिएपछि मन्त्रालयले उपकरण खरिद गरी प्रदान गर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण