इशुले जितिन् मिस नेवाको ताज
काठमाडौं – ‘१२ औं मिस नेवाः ११३७’को उपाधि इशु श्रेष्ठले जितेकी छिन् । २७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधी चुमेकी हुन् ।
उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज समेत प्राप्त गरिन् ।
नेप्लिज फेशनले बुधबार साँझ सम्पन्न गरेका प्रतियोगितामा रनरअपको उपाधि ओजस्वी श्रेष्ठले र सेकेन्ड रनर अपको उपाधि सृष्टी खड्गीले हासिल गरे ।
प्रतिस्पर्धामा रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट , बिनिता डंगोलले मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माईल र सामाजिक सदभाव राजदुत, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जिते ।
समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाईस ओमिजिना महर्जन र मिस सोसियल वेलफेयर एम्बेस्डर समिता श्रेष्ठ, मोरिना मानन्धर घोषित भए ।
उद्योग राज्यमन्त्री कृष्ण बादेका समेत उपस्थिती रहेको कार्यक्रम नेवार समुदायका युवतीहरुलाई नेवारी संस्कृति, भाषा, भेषभुषाको संरक्षण सम्बर्धनमा लगाउँदै उनीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि मिस नेवा ः बिगत १२ वर्ष देखि आयोजना गरिँदै आएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण