आधा दर्जन सुनचाँदी व्यवसायी कारबाहीमा
बिहीबार, २७ माघ २०७३, १५ : ५७
सप्तरी - विराटनगरस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको एक टोलीले सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायीलाई कारबाही गरेको छ ।
कार्यालय प्रमुख मनिष दासका अनुसार राजविराजस्थित गरगहना पसलमा आज अनुगमन गर्दा यहाँ रहेका आधा दर्जन पसलका नापतौलमा कमी गरेको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गरिएको हो ।
कारबाहीमा परेका राजविराज–१ माँ भगवती ज्वेलर्स, श्री गणेश ज्वेलर्स, न्यू जगदम्बा ज्वेलर्सका व्यवसायी तथा लहानका अन्य तीन सुनचाँदी व्यवसायीलाई नापतौल ऐन, २०२५ बमोजिम कारबाही अघि बढाइएको उनले बताए ।
यसैगरी स्वीकृति नलिई सञ्चालनमा रहेका केही पसललाई तीन दिनभित्र इजाजत पत्र लिन निर्देशन दिएको र त्यसको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही गरिने क्षेत्रीय प्रमुख दासले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण