ओली र नेपाल समूहको विद्यार्थीबीच झडप : नेपाल समूहका आठजना घाइते
पोखरा – स्ववियु निर्वाचनको मुखैमा एमाले निकट अनेरास्वीयुका केपी शर्मा ओली र माधव नेपाल गुटको विद्यार्थीबीच आज झडप भएको छ ।
पृथ्वीनारायण क्याम्पस पोखरामा भएको झडमा माधव नेपाल समूहका आठजना विद्यार्थी घाइते भएका हुन् । अनेरास्वीयु पोखरा सम्पर्क समितिको भेलामा को अध्यक्ष बन्ने विषयमा गाली गलौज हुँदा झडप भएको बताइन्छ ।
अनेरास्वीयु कास्कीका पूर्व अध्यक्ष अशोक शर्माका अनुसार दिनेश ढुगाना, विमल पौडेल, वसन्त घिमिरे, विनय राणा, बज्रराज अधिकारी, शिकार पोखरेल, आशिस केसी, दुर्गा लामिछाने घाइते भएका हुन् ।
उनीहरु सबै नेपाल पक्षधरका विद्यार्थी हुन् । हात र टाउकोमा चोटपटक लागेको बताइन्छ ।
ओली समूहका आशिर्वाद सुवेदी अध्यक्ष हुने कि नेपाल समूहका अशोक पौडेल अध्यक्ष हुने विषयमा विवाद उत्पन्न भएको थियो ।
अनेरास्वीयु कास्कीका अध्यक्ष विवेक देवकोटाले यो कुनै समूहगत नभएर व्यक्तिगत लडाई भएको दावी गरे तर माधव नेपाल समूहका विद्यार्थी नेता मात्र किन घाइते जिज्ञासा राख्दा उनले केही जवाफ दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण