विश्व क्रिकेट लिगका लागि पारसको कप्तानीमा २४ खेलाडी छनोट
बिहीबार, २७ माघ २०७३, १६ : ३६
काठमाडौँ - आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि आज २४ खेलाडी छनोट भएका छन् ।
छनोट भएका खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्र श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अमित श्रेष्ठ, दिलीप नाथ, सुसन भारी, मेहबुब आलम, करण केसी तथा सागर पुन छन् ।
त्यसैगरी शरद भेषावकर, कुशल भुर्तेल, वसन्त रेग्मी, विक्रम सोब, शक्ति गौचन, भुवन कार्की, अभिनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, राजेश पुलामी मगर, विनोद भण्डारी र सन्दीप लामिछाने सो टोलीमा छनोट भएका छन् ।
छनोट भएका खेलाडीलाई आगामी फागुन १ गतेबाट बन्द प्रशिक्षणमा राखिनेछ । तीमध्ये १४ खेलाडी उक्त खेलका लागि छानिनेछन् । ५२ जना सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी सुपरलिगको माध्यमबाट २४ खेलाडी छनोट गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण