तराईबाट सुरु भयो धनपति
बिहीबार, २७ माघ २०७३, १७ : ०८
काठमाडौं – दिपेन्द्र के खनालको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘धनपति’को छायाँकन सुरु भएको छ । निर्देशक खनालले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको छायाँकन सुरु भएको जनाएका हुन् ।
दिपेन्द्रले तराईबाट चलचित्रको छायाँकन सुरु भएको फेसबुकमा उल्लेख गरेका छन् । कथा, पटकथा तथा संवाद खगेन्द्र लामिछानेको रहने चलचित्र दिपेन्द्र के खनालको प्रोडक्सनसँग टुकि आर्टसले सहकार्य गरेर निर्माण गर्न लागेको हो ।
रोजीना सिटौला निर्माता रहने चलचित्रमा खगेन्द्र लामिछाने, आशान्त शर्मा , मनिष निरौला, सुरक्षा पन्त, हरिहर शर्मा, रबि गिरी लगायत कलाकारको अभिनय रहनेछ ।
२०७४ असार २३ गतेलाई विश्वव्यापी रुपमा प्रदर्शनको मिति घोषणा गरिसकेको यो चलचित्र दिपेन्द्रको महत्वकाक्षी चलचित्र पनि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण