चीनमा भूकम्प जाँदा पाँच घाइते
बिहीबार, २७ माघ २०७३, १७ : ३०
कुन्मिङ्ग - चीनको दक्षिणपश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रिक्टर स्केल भूकम्पमा परी पाँच व्यक्ति घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
तर भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको थियो ।
सो भूकम्पको केन्द्रविन्दु लुदिआनको आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । भूकम्पमा परी घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।
सन् २०१४ मा सोही प्रान्त प्रभावित हुने गरी आएको ६.५ रिक्टर स्केलको भूकम्पमा परी ६१७ व्यक्तिको मृत्यु हुनुको साथै भारी मात्रामा सम्पत्ति क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण