गोविन्द केसीले अव अनसन बस्नुपर्दैन : शिक्षामन्त्री पौडेल
काठमाडौं–शिक्षामन्त्री धनिराम पौडेलले डाक्टर गोविन्द केसी र सरकारवीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न सरकार गम्भिर भएर लागिपरिरहेको बताएका छन् ।
बिहीबार भएको साक्षात्कारमा मन्त्री पौडेलले स्वास्थ्य चिकित्सा तथा शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने माग गर्दै डा. केसीले दशौं पटक समेत अनशन बसेको स्मरण गर्दै भने,‘अब उहाँले फेरि अनशन बस्नुपर्दैन्, सरकार र उहाँका प्रतिनिधिवीच १२ बुँदे सम्झौता भएको छ, सम्झौता कार्यान्वयनको लागि एउटा अनुगमन समिति समेत बनेको छ ।’
मन्त्री पौडेलले भने,‘अब उहाँले फेरि अनशन बस्नुपर्ने स्थिति छैन् ।’
उनले अस्थायी शिक्षकहरुको माँग सम्बोधन गर्नको लागि पनि सरकारले पहल गरिरहेको जनाए । मन्त्री पौडेलले भने,‘हामीले उहाँहरुको माग सम्बोधन गर्ने तयारी गरिसकेका छौं, तर उहाँहरुले दुई वटा विकल्पमध्ये जे पनि गर्नसक्नुहुन्छ, एउटा आन्तरिक प्रतिष्पर्धा अर्को गोल्डेन ह्याण्ड सेक ।’
मन्त्री पौडेलले शिक्षा क्षेत्रलाई सुधारको लागि सरकारले व्यापक पहलकदमी लिईरहेको समेत जिकिर गरे । उनका अनुसार हालै शिक्षा ऐन २०२८ को आँठौं संशोधन आएको छ, त्यस अनुसार अब नियामावली बनाउने तयारी भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण