दोहोरीमामा होहल्ला गर्ने कांग्रेस नेता पक्रदाँ ३ जना प्रहरीमाथि कारबाही
तुलसीपुर – नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपीट गरेको भन्दै तुलसीपुरमा एक जना प्रहरी जवान सहित ३ जना प्रहरी हवलदार कार्बाहीमा परेका छन् ।
कांग्रेस भातृसंगठन तरुण दलका अध्यक्ष टीका घर्तीलाई गत माघ २३ घते राती कुटपीट र दुव्र्यवहार गरेको भन्दै प्रहरी हवलदार सुनिल शाही, सूर्य बहादुर विसी, र प्रहरीजवान हिराराम रेउलेलाई प्रहरी नियमावली २०७१ अनुसार विभागिय कारवाही गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।
तुलसीपुरस्थित एक दोहोरीमारेष्टुरेन्टमा होहल्ला गरेपछि पुगेको प्रहरी टोलीमाथि अध्यक्ष घर्तीले हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिन कुटपिट गरेको बुझिएको छ ।
‘प्रहरी पेसामा रहेका प्रहरी टोलीले उल्टै दुइ थप्पड खाएर भए पनि नियन्त्रणमा लिएको भए राम्रै हुन्थ्यो, ‘प्रनाउ तिम्सिनाले भने, ‘बाटोमै हिर्काएकाले तीनैजनालाई कार्बाही गरेको हुँ ।’
मापसे गरेर दोहरी साँझमा होहल्ला गरेको खबर आएपछि टोली त्यहाँ गएको थियो एक जना प्रहरी जवनाले नाम नबताउने सर्तमा भने साथीहरु उल्टै कार्वाहीमा परे ।
प्रहरीहरु कार्बाहीमा परेपछि अरु पनि निरास भएको उनले बताए । प्रनाउ तिम्सिनाका अनुसार अध्यक्ष घर्तीले आफु पार्टीकामबाट माघ २३ गते राती घर जाने क्रममा प्रहरीले कुटपिट गरेको भन्दै कार्वाही परेका विरुद्ध निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण