अहिलेसम्मकै शक्तिशाली रकेटको प्रक्षेपण, अन्तरिक्षमा पहिलोपल्ट पुग्यो कार
काठमाडौँ । अमेरिकाको निजी स्पेस कम्पनी स्पेस एक्सले बुधबार आफ्नो फाल्कन हेभी रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
राती करिब १२ बजे प्रक्षेपण गर्ने बताइए पनि २ बजेर ३० मिनेट जाँदा यसलाई प्रक्षेपण गरिएको थियो ।
कम्पनीको दाबी छ, यस रकेटमा प्रयोग भएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेटबाट डेल्टा ४ रकेटभन्दा दुई गुणा वजन भएको सामान अन्तरिक्षमा लैजान सकिन्छ ।
अहिलेसम्म स्याट्रन ५ लाई संसारकै शक्तिशाली रकेट मानिन्थ्यो । त्यसमा १४० टन पे लोड लैजाने शक्ति थियो ।
फाल्कन हेभीबाट आगामी दिनमा मानिसहरुलाई चन्द्रमादेखि मंगलग्रहसम्म पठाउन सकिनेछ ।
आज भने रकेटमा स्पेस सुट लगाइएको पुत्ला र कम्पनीका मालिक एलन मस्कको चेरी रेड कलरको टेस्ला कार अन्तररिक्षमा पठाइएको छ ।
न्युजि एजेन्सीका अनुसार प्रक्षेपणका दौरान लञ्च भएको ३ मिनेटभित्र रकेटका दुई प्रकारको बुस्टर उसबाट अलग भएको थियो ।
क्यालिफोर्नियाका हावथोर्न हेडक्वाटरबाट लाइभ स्ट्रिमिङको मद्दतले कम्पनीले फाल्कन हेभी रकेट लञ्चको प्रत्यक्ष प्रशारण गरेको थियो ।
प्रक्षेपण हेर्नका लागि करीब आठ किलोमिटर टाढा क्याम्प ग्राउण्ड तयार गरिएको थियो । त्यहाँबाट २ हजारभन्दा बढीले प्रक्षेपण हेरेका थिए ।
यसअघि स्पेस एक्सले पुनः प्रयोग गर्न मिल्ने रकेट पनि निर्माण गरेको थियो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
-
‘सूचनामा नाकाबन्दी लगाउने काम लोकतान्त्रिक सरकारलाई सुहाउँदैन’
-
प्रधानाध्यापक र वडा अध्यक्षबिचको द्वन्द्वले विद्यार्थीको दिवा खाजा बन्द
-
चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
-
सरकारले संस्थागत स्थायित्व र संवैधानिक मर्यादामाथि प्रहार गर्यो : खुस्बु ओली
-
अख्तियारले आरजुलाई दिएको समय सकियो, अब कसरी अघि बढ्छ अनुसन्धान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण