चिसोबाट बच्नका लागि यी व्यक्तिले २१ करोड रुपैयाँको आगो तापे, वार्षिक एक खर्ब मुसाले खाइदिने
संसारभरीका धनी व्यक्ति यस्ता पनि हुन्छन् जसले आफ्नो पैसा यस्ता अनावश्यक काममा खर्च गरेका छन् जुन सुन्दा चकित पर्नुहुन्छ तपाईं । यस्तै एक धनी व्यक्तिमा समावेश छन् पाब्लो एस्कोबार । कोकिन किंगको नामले चर्चित र विश्व नम्बर एक–वन डन पाब्लो एस्कोबारले आफ्नो परिवारलाई चिसोबाट बचाउनका लागि करोड डलरको रकममा आगो लगाइदिएका थिए ।
सन् १९८९ मा फोरब्स म्यागजिनले एस्कोबारलाई लगातार सात वर्ष संसारको सर्वाधिक धनी व्यक्तिको सूचीमा संलग्न गरेको थियो । सन् १९८८ मा उनको नेटवर्थ ३ अर्ब डलर थियो । पाब्लोसँग थुप्रै घर र विशेष सुविधासम्पन्न कारहरु थिए ।
न्यानो पाउन जलाइदिए २० लाख डलर (२१ करोड रुपैयाँ)
कोलम्बियामा बस्ने पाब्लो एस्कोबार हरेक दिन करोडौंको कमाई गर्दथे । कोकिन किंग पाब्लो एस्कोबारले कुनै जमानामा हरेक हप्ता ४२ करोड डलरको कमाई गर्दथे । मिडिया रिपोर्टका अनुसार उनले एक पटक आफ्नो परिवारलाई चिसोबाट जोगाउनका लागि २ मिलिउन डलर अर्थात् २१ करोड रुपैयाँमा आगो लगाइदिएका थिए ।
एक अन्तर्वार्तमा पाब्लोका छोराले उनको परिवार कुनै बेला पहाडी इलाकामा लामो समयसम्म गोप्यरुपमा बसेको बताउँदै एक रात पाब्लोकी छोरीलाई चिसोका कारण हाइपोथर्मिया (चिसोका कारण शरिरको तापक्रम तिब्र रुपमा घट्ने) भएको थियो । त्यसकारण उनकी छोरीलाई बचाउनका लागि २ मिलियन डलरमा आगो लगाइदिएका थिए ।
पाब्लोले एक डलरमा कमाए २ सय डलरः
एक समय संसारभरी कोकिन मार्केटको ८० प्रतिशत भागमा पाब्लोको मेडेलिन कार्टेलको नियन्त्रण थियो । केही अनुमानका अनुसार पाब्लो एस्कोबारले २० हजार प्रतिशतभन्दा बढि आरओआई (निवेशमा आय) आर्जित गरेका थिए । अर्को शब्दमा भन्नु पर्दा उनले आफ्नो कारोबारमा लगाएको प्रति १ डलरमा उनले करिब २ सय डलरको नाफा प्राप्त गरे । पाब्लो एस्कोबारको प्रति वर्षको कमाईको एक अर्ब डलर (एक खर्ब रुपैयाँ) मुसाले खाइदिन्थ्यो भन्ने स्रोतको दाबी छ ।
राजनीतिमा भित्रिन चाहन्थे पाब्लोः
पाब्लोले सन् १९८६ मा कोलम्बियाको राजनीतिमा प्रवेश गर्ने प्रयास गरेका थिए । डिसेम्बर सन् १९९३ मा पाब्लोलाई पुलिसले गोली हानेर हत्या गरिदियो । अपराध जगतको शीर्ष स्थानमा रहेका पाब्लोलाई पारिवारिक व्यक्तित्वका रुपमा चिनिन्थ्यो । उनले आफ्नो परिवारलाई अत्यधिक माया गर्ने स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण