टुटेका मुटुहरुको एउटा संग्रहालय यस्तो पनि
जब कुनै सम्बन्ध टुट्छ तब कयौं पटक धेरै कुराले तनाव दिन थाल्छ । लस एन्जलसको एक संग्रहालयले विशेष रुपमा यस्ता कुराहरुलाई प्रदर्शनीका लागि राखेको छ ।
सम्बन्ध टुटेकाहरुले धेरैजसो यस्ता समस्याको सामना गर्नुपर्छ । तपाईंको वरिपरि हुने हरेक कुराले उनकै याद दिलाउँछ जसले तपाईंलाई छोडेर गइसकेको छ ।
के तपाईं उनको बास्नादार चिट्ठीलाई आगो लगाइदिन चाहनुहुन्छ ? सम्बन्धविच्छेदपछि विवाहको दिन लगाएको पहिरनलाई फ्याँकिदिन चाहनुहुन्छ ?
टुटेको सम्बन्धको याद दिलाउने यो संग्रहालय हलिउडमा छ ।
दैनिक उपभोग्य हरेक वस्तुलाई यहाँ कुनै कलात्मक वस्तुको रुपमा राखिएको भेट्नुहुन्छ । ती सामग्रीसँगै कसले के गुमायो भनेर लेखिएको पनि हुन्छ ।
सान फ्रान्सिस्कोकी एक महिलाले आफ्नो विवाहको दिन लगाएको पहिरनलाई अचारको डिब्बामा राखिदिइन् । उनका श्रीमानले उनलाई पाँच वर्ष पछि छोडेका थिए ।
ती महिलाको पहिरन त्यति पनि पुरानो थिएन कि त्यसलाई दोस्रो पटक लगाउन सकिन्नथ्यो तर उनले त्यसलाई दोस्रो पटक कहिले पनि लगाइनन् ।
उक्त संग्रहालय केही समय अघि मात्र सुरु भएको हो । एक वकिलले क्रोएशियामा यस्तै एक संग्रहालय देखेपछि त्यसकै ढाँचामा हलिउडमा पनि यसलाई सुरु गरेको बताइएको छ ।
क्रोएशियाको संग्रहालय पनि दुई यस्ता कलाकारले सुरु गरेका थिए जसको ‘ब्रेकअप’ भएको थियो ।
लस एन्जलसमा भएको संग्रहालयका लागि संसारभरीका मानिसहरुले आफ्नो निशानी दिएका छन् । नर्वेका एक व्यक्तिले इस्त्री दान गरेका थिए ।
इस्त्रीसँग उनले लेखेका छन्, ‘यो इस्त्रीमार्फत मैले आफ्नो विवाहको सुट आइरन गरेको थिएँ । अब यो एउटा निशानी मात्र बाँकी छ ।’
࢈
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण