निजी रेकट कम्पनीले चन्द्रमामा घुम्न पर्यटक पठाउने
न्युयोर्क – अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई नागरिकलाई पर्यटकको रुपमा चन्द्रमाको वरिपरी घुम्नका लागि पठाउने बताएको छ ।
पर्यटकहरुले यसअघिनै ‘उल्लेख्य मात्रामा आवश्यक रकम’ प्रदान गरेको बताउँदै स्पेसएक्सका सिइओ एलन मस्कले सन् २०१८ को अन्त्यतिर उनीहरुलाई चन्द्रमामा पठाइने बताएका हुन् ।
‘यसले ४५ वर्षपछि मानिसहरुलाई अन्तरिक्ष फेरि पठाउने अवसर प्रदान गर्नेछ,’ उनले भने ।
नाम सार्वजनिक नगरिएका दुई जना पर्यटकलाई अन्तरिक्ष यानबाट पठाइने बताइएको छ । उक्त यानको यस वर्षको अन्त्यमा मानव विना परिक्षण गरिने छ ।
मक्सले अमेरिकाको नासाको सहयोगमा यो योजना तय भएको पनि जानकारी दिए ।
मक्सले दुवै जनाको नाम खुलाउन मानेनन् । उनले यति मात्र भने, ‘दुवैले एक अर्कालाई चिन्छन् र कोही हलिवुडबाट छैनन् ।’
यही वर्ष उनीहरुको स्वास्थ्य परिक्षण हुने र आवश्यक प्रशिक्षण दिइने पनि उनले जानकारी दिए ।
अर्बपति व्यवसायी तथा आविष्कारक मस्कले दुवै अन्तरिक्ष पर्यटकले चन्द्रमाको वरिपरी चक्कर लगाउने छन् र त्यसपछि अन्तरिक्षमा टाढासम्म यात्रा गर्नेछन् । यो मिसनमा चन्द्रमामा अवतरण गरिने छैन ।
अमेरिकाले सन् १९७० को दशकपछि कुनै पनि अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा पठाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण