निजी रेकट कम्पनीले चन्द्रमामा घुम्न पर्यटक पठाउने
न्युयोर्क – अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई नागरिकलाई पर्यटकको रुपमा चन्द्रमाको वरिपरी घुम्नका लागि पठाउने बताएको छ ।
पर्यटकहरुले यसअघिनै ‘उल्लेख्य मात्रामा आवश्यक रकम’ प्रदान गरेको बताउँदै स्पेसएक्सका सिइओ एलन मस्कले सन् २०१८ को अन्त्यतिर उनीहरुलाई चन्द्रमामा पठाइने बताएका हुन् ।
‘यसले ४५ वर्षपछि मानिसहरुलाई अन्तरिक्ष फेरि पठाउने अवसर प्रदान गर्नेछ,’ उनले भने ।
नाम सार्वजनिक नगरिएका दुई जना पर्यटकलाई अन्तरिक्ष यानबाट पठाइने बताइएको छ । उक्त यानको यस वर्षको अन्त्यमा मानव विना परिक्षण गरिने छ ।
मक्सले अमेरिकाको नासाको सहयोगमा यो योजना तय भएको पनि जानकारी दिए ।
मक्सले दुवै जनाको नाम खुलाउन मानेनन् । उनले यति मात्र भने, ‘दुवैले एक अर्कालाई चिन्छन् र कोही हलिवुडबाट छैनन् ।’
यही वर्ष उनीहरुको स्वास्थ्य परिक्षण हुने र आवश्यक प्रशिक्षण दिइने पनि उनले जानकारी दिए ।
अर्बपति व्यवसायी तथा आविष्कारक मस्कले दुवै अन्तरिक्ष पर्यटकले चन्द्रमाको वरिपरी चक्कर लगाउने छन् र त्यसपछि अन्तरिक्षमा टाढासम्म यात्रा गर्नेछन् । यो मिसनमा चन्द्रमामा अवतरण गरिने छैन ।
अमेरिकाले सन् १९७० को दशकपछि कुनै पनि अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा पठाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेस तयार
-
सहकारी समस्या समाधानका विषयमा हामी प्रष्ट छौँ : प्रमुख सचेतक पाण्डे
-
बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न सिफारिस
-
बाँके घटना : खुट्टामा गोली लागेका सुशीलको भेरी अस्पतालमा उपचार हुँदै
-
आइसक्रिम खाने बित्तिकै खानु हुँदैन यी चिज
-
वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुखद् : प्रमुख दाहाल