१७ हजारमा बिक्दै विश्वकै महंगो ‘हिमाली हावा’
जेनेभा – यदी तपाईं स्वीटजरल्याण्ड पुग्नुभएको छ भने त्यहाँ सबैकुरा महंगो छ भन्ने कुरा थाहा होला । हुँदाहुँदा त्यहाँको हावासमेत महंगोमा बिक्री भइरहेको छ ।
हुनत त्यहाँको हावा निःशुल्क छछ । तर, यदी तपाईंले त्यहाँको हिमालको हावा अर्डर गर्नुभयो भने ठूलो रकम तिनुपर्ने हुन्छ । आल्पस् हिमश्रृंखलाबाट संकलन गरिएको उक्त हावालाई एक लिटरको डब्बामा संकलन गरेर बेचिन्छ । जसको लागि तपाईंले करिब १७ हजार नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
बासेलमा बसिरहेका बेलयाती एक्सपाट जोन ग्रिनले यो व्यवसाय शुरु गरेका हुन् । यो अनलाइन व्यवसायबाट उनले स्वीटजरल्याण्डको हावा विश्वभर बेची रहेका छन् । उनले उक्त हावा स्वीटजरल्याण्डको जरम्याट नामक गाउँको गोप्य स्थानबाट संकलन गरेको दाबी गर्छन् ।
हावाको बोतलमा हावा स्वीटजरल्याण्डकै भएको प्रमाणित गरिएको छ भने त्यहाँ जुन स्थानबाट हावा संकलन गरिएको हुन्छ त्यसको जिपिएस पनि उपलब्ध हुन्छ ।
यति महंगोमा सबैले हावा किन्न नसक्ने हुँदा उनले ९७ डलरमा ५ एमएलको बोतल पनि बेचिरहेका छन् । खर्च गर्न सक्नेहरुले २४७ डलरमा ३ लिटरको हावाको बोतल पनि किन्न सक्नेछन् ।
बेलायतको केन्टका बासिन्दा ग्रिनले हावालाई विश्वका विभिन्न ठाउँमा पुर्याउनुपर्ने भएकाले महंगो पर्ने बताउँछन् । उनी यो व्यवसाय क्षणिक नहोस् भन्नेमा पनि आफू सचेत रहेको बताउँछन् ।
यस व्यवसायबाट आर्जित नाफाको २५ प्रतिशत उनले वल्र्ड भिजन नामक च्यारिटीलाई पनि दान गर्छन् । वल्र्ड भिजनले अफ्रिकामा शुद्ध खानेपानीको क्षेत्रमा काम गरिरहेको छ ।
ग्रिनको यो योजना नयाँ भने होइन, यसअघि फ्रान्स, क्यानाडा, रसिया र चीनमा यो व्यवसाय धेरै अघि देखि नै शुरु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण