कण्डमको साटो प्लाष्टिकको झोला प्रयोग गर्दा यो जोडीको यस्तो हालत !
टाइम्स अफ इन्डिया
चैत २३ – भियतनामको राजधानी हानोईमा एक जोडी प्रेमी अस्पतालमा भर्ती भएका छन् । उनीहरु अस्पतालमा भर्ना हुनुको कारण निकै रोचक छ । यो जोडीले यौन सम्बन्ध स्थापित गर्नका लागि कण्डमको साटो प्लाष्टिकको झोला प्रयोग गरेका थिए ।
यौनाङ्गमा घाउ भएपछि लगातार रगत बग्न थालेपछि यी दुईलाई अस्पताल भर्ना गर्नुपरेको हो । कण्डम किन्न जान अप्ठेरो लागेपछि यौन सम्बन्ध स्थापित गर्नका लागि प्लाष्टिकको झोला प्रयोग गर्दा यस्तो समस्या निम्तिएको बताइएको छ ।
यी दुईलाई घाउमा केही संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक्स दिइएको भियतनामी पत्रिका त्गयष् त्चभ ले बताएको छ ।
डाक्टरका अनुसार कण्डमको सट्टा प्लाष्टिकको प्रयोग प्रयोग ‘अवैज्ञानिक’ भएको भन्दै प्लाष्टिकको झोला निकै बाक्लो भएकाले यौनाङ्ग कोरिएको र योनी च्यातिँदा घाउ भएको हो ।
यो घटनाले भियतनाममा सुरक्षित यौनसम्पर्क र यौन शिक्षाको अवस्थाबारे चित्रण गरेको छ । हानोई मेडिकल युनिभर्सिटी र हानोई मेडिकल कलेजमा अध्ययनरत २ हजार ७ सय विद्यार्थीमध्ये करिब १६ प्रतिशतले यौन सम्बन्ध स्थापित गरेको बताउने तेस्रोले मात्र पहिलो पटक कण्डमको प्रयोग गरेको बताए । करिब २५ प्रतिशत विद्यार्थीले कण्डम किन्न जान आफूलाई लाज लाग्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण