समाजवाद अध्ययन केन्द्रद्वारा चिसापानी अस्पताललाई सहयोग
बर्दघाट । समाजवाद अध्ययन केन्द्र भक्तपुरले नवलपरासीको बर्दघाट नगरपालिका स्थित चिसापानी सामुदायीक अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
केन्द्रले अस्पतालमा आउने बिरामीको उपचार सेवामा सहयोग पु¥याउने उद्देश्यले ईमरजेन्सी टर्ली, नेबुलाईजर मेसीन, बाफ लगाउने मेसिन लगायतका महत्पुर्ण स्वास्थ्य प्रविधि सामाग्रीहरुहरु सहयोग गरेको हो ।
शनिवार आयोजित एक समारोहबीच केन्द्रले ल्याएको ति स्वास्थय प्रविधिका सामाग्रीहरु पुर्वगृह राज्य मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले अस्पताल विकास समितिका अध्यक्ष कुलदिप आचार्यलाई औपचारीक रुपमा हस्तान्तरण गरेका थिए ।
त्यसैबिच केन्द्रले गरिब तथा बिपन्न समुदायमा अपाङ्गता भएका ३ दर्जन ब्यक्तिहरुलाई ह्वीलचेयर र बैसाखी पनि बितरण गरेको छ । आर्थिक अभावका कारण भुईमा घस्रेर र हिलडुल गरिरहेका ब्यक्तिहरुलाई केन्द्रले निशुल्क ह्वील चेयर र बैसाखी बितरण गरेको केन्द्रका अध्यक्ष दुर्गा फुयालले जानकारी दिए ।
केन्द्रले नेपालका अन्य अस्पतालहरुमा स्वास्थ्यका प्रविधिक सामाग्रीहरु वितरण गर्दै आएको छ । कार्यक्रमा नेता कण्डेल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले र जिल्लाका विभिन्न नेताहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण