बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

महसँग यी कुरा खान हुनसक्छ खतरनाक

बुधबार, १६ चैत २०७३, १७ : ३४
बुधबार, १६ चैत २०७३

एजेन्सी

काठमाडौँ, चैत १६ – महको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने हामी सबैलाई थाहा छ । तर, यसको प्रयोग सही तरिकाले गरिएन भने यसले स्वास्थ्यमा खराब असर पनि पार्न सक्छ ।  आयुर्वेदमा यसबारे विस्तृत जानकारी दिइएको छ जसमा महलाई यी ७ कुराहरुसँग खान बन्देज गरिएको छ ।

घ्यु घ्यु र मह बराबर मात्रमा मिलाएर खानु हुँदैन । यसबाट शरीरमा विषको मात्रा फैलिने खतरा बढी हुन्छ ।

तातो पानी धेरै तातो पानीसँग पनि मह खानुहुँदैन । यसले शरीरको तापक्रमलाई बढाउँछ । यसले पेटको समस्या पनि देखिन सक्छ ।

बटर बटर र मह बराबर मात्रामा मिलाएर खायो भने पनि शरीरमा पोइजनिङ हुनसक्छ ।

चिया या कफी चिया या कफीसँग मह मिसाएर खायो भने यसले शरीरको तापक्रम बढाइदिन्छ । यसबाट शरीरमा स्ट्रेस बढ्न थाल्छ ।

तातो खानेकुरा मह आफै गर्मी प्रदान गर्ने खानेकुरा हो । यदी यसलाई तातो खानासँग मिलाएर खाने हो भने झाडापखला तथा अन्य स्वस्थ्यबारे समस्या देखिन सक्छ ।

मुला मह र मुला खाँदा शरीरमा विषको मात्रा बढ्ने गर्छ । यसले हाम्रो शरीरका विभिन्न अंगलाई हानी पुर्याउने खतरा हुन्छ ।

चिनी मह र चिनी मिलाएर खायो भने डायबिटिज हुने खतरा दोब्बर हुन्छ ।

मह केसँग मिलाएर खाँदा फाइदा हुन्छ ?

मह र लहसुन एक चम्चा महमा र लसुनको दुई वा तीन पाटी पिसेर मिलाउनुहोस् । त्यसलाई १० मिनेटपछि मनतातो पानीमा घोलेर खानुहोस् । यसले पेटलाई फाइदा गर्छ ।

मह र लौकाको रस एक गिलास लौकाको रसमा एक चम्मच मह मिलाएर पिउनुहोस् । यसले शरीरको पाचनशक्ति बढ्छ र तपाईंको पेट घटाउन मद्दत गर्छ ।

मह र दालचिनी एक कप पानीमा दालचिनीको सानो टुक्रा उमाल्नुहोस् । त्यसलाई मनतातो बनाएर एक चम्मच मह मिलाएर पिउनुहोस् । यसले शरीरको बोसो घटाउन मद्दत गर्छ ।

मह र कागती पानी एक गिलास मनतातो पानीमा कागती र मह मिलाएर पिउनुहोस् । यसले पाचन प्रक्रियालाई सुधार गर्न मद्दत गर्छ र क्यालोरी घटाउन मद्दत गर्छ ।

मह र दुध एक गिलास दुधमा एक चम्चा मह मिलाएर पियो भने यसले शरीरको पाचन प्रक्रिया सही राख्न मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप