शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग

बिहीबार, २५ असार २०८३, ११ : ४३
बिहीबार, २५ असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् ।
  • सांसद कामीले सरकारले सुकुमबासीहरूको समस्या समाधानका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्नेमा जोड दिइन् ।
  • उनले लगतबाट छुटेका वास्तविक सुकुमबासीको निष्पक्ष पहिचान गरी उनीहरूलाई पनि सम्मानसहित राहतको व्यवस्था गर्न माग गरेकी छन् ।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरूलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै उनले उक्त माग गरेकी हुन् । 

सांसद कामीले सरकारले सुकुमबासीहरूको समस्या समाधानका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्नेमा जोड दिइन् । सरकारले सुकुमबासीहरूको समस्या नगद बाँडेर अस्थायी रूपमा समाधान गर्न खोज्न नहुने र उनीहरूलाई सुरक्षित आवाससहितको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद कामीले संसदमा बोल्दै भनिन्, ‘५ दिन भित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम फिर्ता लिइयोस्. अर्को अस्थायी रूपमा नगद बाँडेर जिम्मेवारीबाट पन्छिने होइन, उनीहरूलाई सुरक्षित आवास र दीर्घकालीन समाधानको कार्ययोजना तत्काल सार्वजनिक गरियोस् ।’ उनले लगतबाट छुटेका वास्तविक सुकुमबासीको निष्पक्ष पहिचान गरी उनीहरूलाई पनि सम्मानसहित राहतको व्यवस्था गर्न माग गरेकी छन् ।

बैठकमा बोल्ने क्रममा सांसद कामीले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जवाफदेही नभएको भन्दै आक्रोश समेत व्यक्त गरिन् । सुकुमबासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप