एचडीएनपी नेपालद्वारा पशुपतिनाथमा खाधान्न वितरण
काठमाडौँ । टेक्सास राज्यको ड्यालसमा स्थापित सामाजिक संस्था एचडीएनपी इन्टरनेसनलको शाखा एचडीएनपी नेपाल पशुपतिमा परिसरमा मागेर जीविको पार्जन गर्ने तथा घरबारबिहीन लाई खाधान्न वितरण गरेको छ ।
एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले २ सय ५० जना भन्दा बढीलाई खाधान्न वितरण गरेको जनाएका छन् ।
संस्थाले हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई बिशेष सहयोग प्रदान गर्दै आएको छ । यसै क्रमलाई निरन्तरता दिएको आचार्यले जनाएका छन् ।
पशुपतिनाथमा खाधान्न वितरणको समयमा खुशी बाँड्न सकियोस् भन्दै नाचगान समेत गरिएको थियो ।
टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना कालदेखि नै घरबारबिहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउँदै आएको छ ।
खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफारहित सामाजिक संस्थामा दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै
-
यो वर्ष हज यात्रीका लागि साउदी अरेबियाको कडा नियम
-
दोदा नदीमा डुबेर दुई जनाको मृत्यु
-
अन्तर्राष्ट्रिय व्यापारमा २९ भन्सार नाका प्रयोगमा, कुनबाट कति हुन्छ आयात–निर्यात ?
-
सभापति चयनपछि सक्रिय बन्न थाले लुम्बिनी प्रदेशका संसदीय समितिहरू
-
धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने