रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म चार हजार २४६ वडामा अधिवेशन सम्पन्न गरेको छ।
- पार्टीले जेठ २ देखि १७ गतेसम्म वडा र पालिका अधिवेशन सञ्चालन गरेको थियो।
- हालसम्म वडा अधिवेशन ६३ प्रतिशत र पालिका अधिवेशन ६८ प्रतिशत सम्पन्न भएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को हालसम्म कुल चार हजार २४६ वडामा अधिवेशन सम्पन्न भएको छ।
महाधिवेशन लक्षित गरी विशेष तालिका अन्तर्गत जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन भएको थियो। त्यसैगरी जेठ ९ र १० गते पालिका भेला तथा पालिका अधिवेशन सञ्चालन भएको थियो।
जेठ १६ र १७ गते पनि बाँकी रहेका वडा र पालिका अधिवेशन सञ्चालन भएको थियो। केन्द्रीय पोर्टलमा थप चार वटा तदर्थ वडा समिति अद्यावधिक भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
त्यसैगरी केन्द्रीय पोर्टलमा थप चार वटा तदर्थ पालिका समिति अद्यावधिक भएको छ। यसैगरी शनिबार र आइतबार हुने जिल्ला अधिवेशनको लागि केन्द्रबाट आवश्यक तयारी भएको जानकारी दिए ।
‘जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने तयारी स्वरूप केन्द्रीय सङ्गठन विभागबाट आवश्यक तयारीहरू भएको छ। भने केन्द्रीय निर्वाचन आयोगबाट अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिएको छ’, रातोपाटीसँग बुर्लाकोटीले भने।
यसैगरी ७५३ वटा पालिका मध्ये ५१२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको जानकारी दिए । हालसम्म वडा अधिवेशन ६३ प्रतिशत र पालिका अधिवेशन ६८ प्रतिशत सम्पन्न भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण