प्रदेश नम्बर ६ को सभामुखमा राजबहादुर शाही निर्विरोध निर्वाचित
वीरेन्द्रनगर– प्रदेश नम्बर ६ को सभामुखमा एमाले दैलेख २ ख का सांसद राजबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नं. ६ को संसद सचिवालयमा सभामुखको निर्वाचनका लागि शाहीको मात्र उम्मेदवारी परेको हो । दिँउसो सवा १ बजे बाम गठबन्धनका नेताहरुसहित सचिवालय पुगेका शाहीले मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावमा एमाले संसदीय दलका नेता यमलाल कँडेल रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही रहेका छन् । आज बसेको बाम गठबन्धनको बैठकले शाहीको नाम सभामुखका लागि सिफारिस गरेको हो ।
भोली अर्थात माघ २९ गते बस्ने संघीय बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको छ । यसका लागि संसद सचिवालयले आज मनोनयन दर्ताको कार्यक्रम राखेको थियो । बिहान १० बजेदेखि दिँउसो २ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ ।

बाम गठबन्धनबीच यस अघिनै भएको सहमतिअनुसार प्रदेश नम्बर ६ मा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने र एमालेलाई सभामुख दिइने सहमति भएको थियो । उक्त सहमतिअनुसार माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ । सभामुख चयनका लागि प्रदेश नम्बर ६ एमालेका संसदीय दलका नेता यमलाल कँडेल र अर्का सांसद प्रकाश ज्वालालाई जिम्मेवारी दिइएको थियो ।
उपसभामुखको चुनाव ५ गते
प्रदेश नं. ६ मा भोली बस्ने संसद बैठकमा २ वटा कार्यसूचि रहेको छ । दिँउसो १ बजे बस्ने बैठकले सभामुखको निर्वाचन गर्ने र उपसभामुखको निर्वाचनका लागि फागुन ५ गते बैठक बोलाउने कार्यसूचि रहेको संसद सचिवालय प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । भोली निर्वाचित हुने सभामुखले प्रदेश प्रमुखसँग सपथ लिने ब्यवस्था छ । सपथपछि सभामुखले कार्यभार सम्हाल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण