दिनदिनै जिउँदो बिच्छी खानुपर्ने बानी
एजेन्सी – समरा इराकका एक किसान इस्मेल जसिम मोहम्मदका अनुसार दिनको कम्तीमा पनि एउटा जिउँदो बिच्छी खानैपर्ने उनको बानी भइसकेको बताउँछन् र यदि तीन दिनसम्म बिच्छी नखाएको खण्डमा भिन्दै प्रकारको लक्षण देखा पर्ने उनको भनाई छ ।
३४ वर्षीय इस्मेलले विगत १५ वर्षदेखि जिउँदो बिच्छी खाने गर्दै आएका छन् । इराकको शहर समाराको नजिकको एगेलाम गाउँमा बिच्छीहरुले दुःख दिइरहेको समयमा उनले जिउँदो बिच्छीहरु खाएर आफ्नो रोग पनि निर्मुल पार्ने सोच बनाए । एकदिन उनले जिउँदो बिच्छी समाए र त्यसलाई जिउँदै खाइदिए, उनलाई त्यसको स्वाद यति मनपर्यो कि त्यसबेला देखि बिच्छीलाई स्न्याक्सको रुपमा खाने गरेका छन् ।
सुरुका दिनमा उनको मुखमा बिच्छी अड्किने गर्दथ्यो तर पछि उनको बानी पर्यो र बिच्छीको विषले उनले प्रतिरोध क्षमतामा बृद्धि गरेको उनको भनाई छ । अहिले उनी आफ्नो अचम्म लाग्दो डाइटको बानीमा परिसकेका छन् र दिनको कम्तीमा पनि एउटा जिउँदो बिच्छी खाने गरेको उनी बताउँछन् । गर्मी मौसममा उनको गाउँ वरिपरि बिच्छीको अभाव त हुँदैन तर, जाडो मौसममा उनको यो अचम्मको डाइटको परिपूर्ती गर्न निकै गाह्रो हुने गर्दछ ।
त्यसका लागि उनले गर्मी महिनामा उनी अरु किराहरु माथि पनि भर पर्ने गर्दछन् र जाडो महिनाको लागि बिच्छीलाई स्टक राख्ने गर्दछन् । उनकी श्रीमती र छोराछोरीहरु उनको यी किराहरुदेखि डराउने गर्दछन् । समरा हस्पिटलका डाक्टरले बिच्छीको केहि नकारात्मक असरको बारेमा जाँच्दा केहि असर नभएको निष्कर्ष पनि निकालेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण