बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

महिनावारीका बेला अत्यधिक रक्तश्राव हुन्छ ? अपनाउनुस् यी १० सरल तरिका

बुधबार, ३० चैत २०७३, ११ : ४५
बुधबार, ३० चैत २०७३
एजेन्सी

चैत ३० – महिनावारीको क्रममा हर्मोनको संतुलन बिग्रने भएकाले वा स्वस्थ खानेकुरा नखाएका कारण थुप्रै पटक अत्यधिक रक्तश्राव हुने गर्दछ । यसलाई मेनोरहेजिया भनिन्छ । आयुर्वेदमा यो समस्याबाट बच्नका लागि केही तरिकाबारे जानकारी दिइएको छ  ।

सुन्तलाको रसः एक ग्लास सुन्तलाको जूसमा दुई चम्चा कागतीको रस मिसाएर दिनमा तीन–चार पटक पिउँदा रक्तश्राव कम हुने गर्दछ । धनियाँ पाउडरः ए ग्लास पानीमा दुई चम्चा धनियाको पाउडर मिसाएर उमाल्नुहोस् । यसलाई चिसो गरेर पिउँदा महिनावारीका बेला अत्यधिक रक्तश्राव हुँदैन । अमलाको रसः अमलाको रस र पुदीनाको रसलाई दहीमा मिसाएर खाँदा रक्तश्राव कम हुन्छ । फर्सीः फर्सीलाई काटेर सुकाउनुहोस् । यसमा चिनी मिसाउनुहोस् र दुध वा दहीमा मिसाएर खाँदा महिनावारी सामान्य हुन्छ । मेवाः यसमा पपाइन इन्जाइम हुन्छ जसले रक्तश्रावको असर कम गर्छ । आयुर्वेद अनुसार मेवा खाँदा रक्तश्राव कम हुन्छ । सौफः एक ग्लास पानीमा एक चम्चा सौफ हाल्नुहोस् र उमाल्नुहोस् । त्यसपछि यसलाई छानेर तात्ततै पिउनुहोस् । यसले महिनावारी नियमित हुन्छ । उखुको रस: उखुको रसलाई हप्ताको दुईपटक पिउँदा रक्तश्राव साधारण रहन्छ । मेथीदानाः मेथीदानालाई पिसेर पाउडर बनाउनुहोस् । यसलाई दिनमा दुईपटक दुधमा मिसाएर पिउँदा महिनावारी सामान्य हुन्छ । दालचिनीः एक कप पानीमा दालचिनीको एक स्टिक हालेर उमाल्नुहोस् । यसलाई छानेर पिउँदा रक्तश्राव कम हुन्छ । खरबुजाः यसमा म्याग्नेसियम हुन्छ जसले प्रोजेस्टेरोन, एस्ट्रोजन हर्मोनको स्तर सन्तुलन हुन्छ र महिनावारीको क्रममा अत्यधिक रक्तश्रावबाट जोगाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप