सहज बन्दै कलेजो प्रत्यारोपण
प्रा.डा. सञ्जय सिंह नेगी
कलेजो प्रत्यारोपण सर्जन कलेज अफ मेडिकल साइन्सेज, भरतपुर बीएलके सुपर स्पेसियालिटी अस्पताल, नयाँ दिल्ली
हाम्रो देशमा कलेजोको समस्या दिन प्रतिदिन बढिरहेको छ । नेपाल र भारतमा मृत्यु हुने २० प्रमुख कारणमध्ये नवौँ स्थानमा रहेको एक कारण लिभर (कलेजो) को समस्या पनि हो । चिकित्सा विज्ञानमा भएको नयाँ स्रोतद्वारा उपचार गर्ने प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भएको छ ।
एउटा नयाँ रिपोर्टः मोटोपन, मधुमेह रोग, अनुचित आहार र सुस्त जीवनशैलिको कारणले कलेजोमा बोसो जम्मा हुन जान्छ । यसको कारणले (जाँड, रक्सी) ननअल्कोहलिक कलेजको बिरामी हुन सक्छ । अत कलेजो विग्रन जान्छ । कलेजोको समस्या कुनै पनि उमेरकालाई हुन सक्छ ।
नवजात पीडित बच्चाहरुलाई हेपाटाइटिसले गर्ने जाँड रक्सी पिउने ३०/४० वर्षको बीचमा यो रोग लाग्न सक्छ । कलेजो प्रत्यारोपणको औषत आयु ६५ वर्ष हो । तर व्यक्तिको गतिविधिमा पनि निर्भर हुन्छ । कहिलेकाहीँ अन्य कारणले पनि कलेजोले काम गर्दैन र लिभर फेल हुन्छ । त्यस अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।
कलेजो प्रत्यारोपण स्वस्थ लिभर भएको व्यक्तिको मृत्यु (अर्थात बे्रन डेड) भएपछि कलेजो प्राप्त गर्न सकिन्छ । तर उक्त व्यक्ति कलेजोको समस्या नभएको हुनुपर्छ । साथै उसबाट स्वीकृति लिइएको हुनु पर्छ । मृत्युअघि नै यसका लागि स्वीकृति लिएको हुनुपर्छ । यसरी कलेजो प्रत्यारोपण डोनर प्राप्त गर्न सकिन्छ । यसरी प्रप्त भएको कलेजोलाई कलेजो फेल भएको व्यक्तिको आमाशयको माथिल्लो भागमा चिरेर विग्रेको कलेजो हटाउन सकिन्छ र त्यही ठाउँमा नयाँ कलेजो प्रत्यारोपण गर्न सकिन्छ । प्रत्यारोपण गर्दा रक्तनली र वाइल डक्ससँग जोड्न सकिन्छ । कलेजो प्रत्यारोपण गर्न झण्डै १२ घण्टाको समय लाग्न सक्छ ।
कलेजो प्रत्योरोपण कसलाई जरुरी जाँड रक्सीको कारणले कलेजो (अल्कोलिक सिरोसिस) बिग्रेको व्यक्तिलाई, लामो समयसम्म सक्रिय सङ्क्रमण (हेपाटाइटिस बी र सी) भएको व्यक्तिलाई, जन्मजात कलेजो र वाइल डक्ट विकृति (विलरी अर्टिसीया) भएको व्यक्तिलाई र एक्युट लिभर (कलेजो) फेलियर भएको व्यक्तिको कलेजो प्रत्यारोपण गर्नुपर्छ ।
कलेजो क्यान्सरको रुप कलेजो प्रत्यारोपणमा बिग्रेको कलेजोलाई हटाउनका लागि अथवा सामान्य डोनर कलेजोसँग बदल्नका लागि ठूलो अप्रेसन गर्नुपर्ने हुन्छ । यसमा आमाशयको माथिल्लो भागमा सामन्य स्थितिमा राखिन्छ । अप्रेसन पूरा हुन झण्डै ६ देखि १२ घण्टाको समय लाग्न सक्छ । अप्रेसन गर्नको लागि कम्तीमा ३ जना सर्जन, २ जना एनेस्थेटिक्स र आधा दर्जन नर्सको आवश्यकता पर्छ । बिग्रेको कलेजोका चार प्रमुख रक्तनलीहरुलाई विच्छेद गरिन्छ र कलेजोबाट अन्त शरीरमा वाइल लैजाने ट्युबलाई विच्छेद गरिन्छ । यसलाई वाइल डक्ट भनिन्छ । त्यसपछि नयाँ कलेजोलाई त्यसको स्थानमा राखिन्छ र अप्रेसन पूरा गर्न प्रमुख रक्तनलीहरुलाई र वाइल डक्टलाई पुनः जोडिन्छ ।
कस्तो व्यक्ति हुनसक्छ डोनर
कलेजो प्रत्यारोपणका लागि निश्चित व्यक्तिहरु हुनु जरुरी हुन्छ । जीवनसाथी, नातागोताका व्यक्तिले मात्र कलेजो दान दिन सक्छन् । डोनर पूर्ण स्वस्थ हुनुपर्छ र उसको उमेर १८ वर्षभन्दा माथि र ५५ वर्षभन्दा कम हुनुपर्छ । शरीरको द्यःक्ष् (बडी मास इन्डेक्स) सामान्य हुनु पर्दछ । साथै कलेजो डोनर शारीरिक रुपले मोटो हुनु हुँदैन ।
डोनरको स्वास्थ्य हेपाटाइटिस बी. अथवा सी. भएको हुनु हुदैन । एचआईभी सङ्क्रमित हुनु हुँदैन । अत्याधिक मादक पदार्थ सेवन गर्ने व्यक्ति हुनु हुँदैन । लागूपदार्थ सेवन गर्ने हुनु हुँदैन । मानसिक बिरामी हुनु हुँदैन । परिवारको कुनै पनि सदस्य वा पुर्खाैलीमा क्यान्सर भएको हुनु हुँदैन ।
सफलता प्रतिशत आजभोलि जीवित व्यक्तिको शरीरबाट कलेजोको एक टुक्रा काटेर पीडित व्यक्तिको शरीरमा पत्यारोपण गर्न सम्भव छ । डोनर प्रत्यारोपण कलेजोको आकारको आधारमा दायाँ भाग– लगभग ३५–४० प्रतिशत र दयाँ भाग ६०–६५ प्रतिशत निकालिन्छ । डोनरको शरीरमा रहेको कलेजोको भाग ६–८ हप्तामा आफै मौलिक अकारमा आउँछ । परीक्षण र सर्जिकल प्रकृयाबाट सम्बन्धित समाचार हुन र डोनरको मृत्यु आशंका ०.२–०.५ प्रतिशतसम्म हुन्छ ।
क्याडेबर पत्यारोपणको स्थितिमा यूएई र यूएसमा क्याडेबर पत्यारोपणको प्रचलन छ । दुर्भाग्यवस नेपाल, भारतमा मृत डोनरको कलेजो उपलब्ध न्यून छ । आफ्नो सञ्चार समूहको आधारमा आफ्नो नयाँ कलेजो प्राप्त हुन १२–३६ महिनासम्म लाग्छ । यो समयको दौरानमा ब्याक्टेरियाको समस्याले सङ्क्रमणको ब्याक्टेरियल पेरिटोनिटिस जस्तो समस्या देखिन सक्छ र बारम्बार भएमा समस्या आउन सक्छ । कलेजो काम नगर्ने परिस्थितिमा कलेजोले सुचारु कार्य नगर्दा धेरै समस्याहरु आउँछन् । जसमा कुपोषण, रक्तअल्पता, आमशयबाट रक्तश्राव, पोलियो, मस्तिष्क र किड्नी सङ्क्रमण हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण