शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१२ तस्बीरमा हेर्नुहोस प्रदेश नम्बर ६ का सभामुखको सपथग्रहण  (फोटोफिचर)

सोमबार, २९ माघ २०७४, १९ : १६
सोमबार, २९ माघ २०७४

सुर्खेत–प्रदेश नंबर ६ का सभामुख राजबहादुर शाहीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट ईश्वर देश र जनताको नाममा शाहीले सपथ खाएका हुन् ।  दिँउसो १ बजे बसेको संसद बैठकबाट निर्वाचित भएपछि साँझ प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम भएको थियो । प्रदेश नं. ६ को दोश्रो संसद बैठकले राजबहादुर शाहीलाई निर्विरोध निर्वाचित गरेको थियो ।

दिँउसो १ बजे बसेको प्रदेश संसदको बैठकमा सभामुख रहेका जेष्ठ सदस्य हिमबहादुर शाहीले उनलाई निर्विरोध सभामुख घोषणा गरेका हुन् ।  सभामुखका लागि शाहीको एक मात्र उम्मेदवारी परेको थियो । 
सभामुखका लागि मुगुका सांसद चन्द्र शाहीले पनि दाबी गरेका थिए । अन्तिम समयमा आएर शाहीले सभामुखमा बाजी मारेका थिए । 

सपथ ग्रहण समारोहमा प्रदेश नं. ६ का ४० जना सांसद, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिस, सुरक्षा अंगका पदाधिकारीहरु उपस्थित भएका थिए । तस्वीरः शम्भु दंगाल/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप