बाथरोगीले औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा
शनिबार, ०९ वैशाख २०७४, ११ : ०४
डा. विनय रेग्मी बाथरोग विशेषज्ञ
बाथरोग नसासम्बन्धी समस्या हो । जोर्नीमा बाथरोगले बढी दुःख दिन्छ । बाथरोगको उपचार हुन्छ । तर, जाँचपछि औषधि सेवन गर्ने क्रममा बिरामी धेरै नै सचेत हुनुपर्छ । बाथरोग विशेषज्ञको सुझाबलाई हुबहु पालना नगरेको अवस्थामा रोगीको अवस्था जटिल बन्न सक्छ । तपाईं पनि बाथरोगको औषधि सेवन गर्दै हुनुहुन्छ भने डा. विनय रेग्मीले ध्यान दिनुपर्ने कुरा बताएका छन् :
बाथरोगको औषधि धेरै किसिमका हुन्छन् भने सेवन पनि लामो समयसम्म गर्नुपर्ने हुन्छ । बिरामीले औषधि कहिलेसम्म खाने, कहिलेदेखि मात्रा घटाउँदै लैजाने र कति समय खाएपछि छाड्ने भन्ने प्रक्रिया पालना गर्नुपर्छ । सम्बन्धित चिकित्सकको परामर्शमा मात्रै यसो गर्न सकिन्छ ।
बाथरोगका औषधिहरू ‘इम्युनोसप्रेसिभ’
(रोगप्रतिरोधात्मक क्षमता कम गर्ने किसिमका) हुन्छन् । त्यसैले यी औषधिका असरबारे बिरामी जानकार हुनुपर्छ । यी औषधिले रगत कम गराउने, कलेजोमा असर पु¥याउने हुन्छ । यसकारण बिरामीले औषधिको असर बुझ्न चिकित्सकको सुझावअनुसार रगत र पिसाबको जाँच, एक्स–रेलगायत गर्नुपर्ने हुन्छ । चिकित्सकको सुझाव पालना नगर्दा नकारात्मक परिणाम निम्तिन्छ ।
खाने औषधिबाहेक सुइमार्फत नसामा या छालाको बोसोमा पनि औषधि दिइन्छ, जसलाई बायोलोजिक्स भनिन्छ । यी सुइहरू कुनै दुई हप्तामा एकपटक त कुनै दुई महिनामा एकपटक दिइने किसिमका हुन्छन् । खाने औषधिले ठिक नगरेपछि सुइ प्रयोग गरिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण