महिलाको भित्री वस्त्र फोटो प्रतियोगिताका विजेता पुरुष !
अडिटी सेन्ट्रल
बैशाख १० – रसियाको साक्हालिन ओब्लास्ट क्षेत्रका २० वर्षे ठिटोले महिलाको भित्री वस्त्र फोटो प्रतियोगिताका उपाधि बाजी मारेपछि समाचारको हेडलाइन बन्न सफल भए । उक्त प्रतियोगिता चर्चित स्टोरले आयोजना गरेको हो ।
एन्ड्रे नागार्नी, युज्नो–साक्लोलिन्स्कले आफ्नी प्रेमिकामार्फत उक्त फोटो प्रतियोगिताबारे थाहा भएको बताए । उनका महिलाको गुणसमेत भएकाले उनीहरुले महिलाले लगाउने केही सेक्सी भित्री बस्त्र लगाएर फोटो खिचे र प्रतियोगिताका लागि फोटो पठाए । एन्ड्रे र उनकी प्रेमिकाले यो रमाइलोका लागि मात्र गरेका थिए । नाम नखुलाइएकी एन्ड्रेकी प्रेमिकाले व्यवसायिक फोटोग्राफरलाई प्रेमीको फोटो खिचाउनुभन्दा पहिले आफैंले प्रेमीको कपाल बनाइदिइन् र मेकअप पनि गरिदिइन् । यसबापत् उनीहरुले जे पाए, त्यो कहिले पनि नसोचेको बताए ।
भित्री वस्त्रको स्टोरले २० वर्षे एन्ड्रेलाई बिजेता घोषित गर्दै ‘मिस एभोकाडो’ को उपाधि प्रदान गरे । तर उनलाई नभेटिकनै बिजेता घोषणा गरिएको थियो । बिजेता बनाइसकेपछि आफ्नो व्यवसायिक फोटोग्राफरसँग भेटाउँदा उनीहरुले छानेका बिजेता पुरुष भएको थाहा पाएपछि चकित परे । महिलाले लगाउने भित्री वस्त्रको फोटो प्रतियोगिताका बिजेता पुरुष भएको थाहा पाएपछि सर्वसाधारणले कस्तो प्रतिक्रिया आउने हो भन्ने डरले उनीहरुले एन्ड्रेलाई फर्स्ट रनरमा मात्र सिमित राख्ने निर्णय गरे ।
‘ती पुरुष महिलाजस्तै देखिन्छन् । यो प्रतियोगितामा सबैले भाग लिन पाउने भएकाले उनले पनि यसमा आफ्नो सहभागिता जनाए । हामीले उनको फोटो भेट्यौं र अन्त्यमा निर्णयक मण्डलले उनलाई बिजेता चुन्यो,’ जियान्ना स्टोलपोभ्स्काया – स्टोरकी म्यानेजरले भनिन् । ‘अन्तिम फोटोसुटका लागि हामीले तीन महिलालाई चुन्यौं । यसमा उनले भाग लिएनन् किनभने उक्त फोटो सबैका लागि सार्वजनिक गरिनेछ । यसमा एक पुरुषको फोटो हेरेपछि सर्वसाधारणको प्रतिक्रिया कस्तो आउने हो भन्ने डरले हामीले उनलाई यसमा समावेश गराएनौं ।’
हुन त ती पुरुषले प्रतियोगिता जितेका हुन् तर जब आयोजकले उनी पुरुष भएको थाहा पाए तब उनीहरुले निर्णय गरे कि ती पुरुष प्रतिस्पर्धाका विजयी हुनै सक्दैनन् । एन्ड्रेले सान्त्वना पुरस्कार पनि पाएनन् तर उनी यसका लागि दुखी नभएको बताउँछन् किनभने उनले कहिले पनि उक्त प्रतियोगिताको बिजेता हुन्छु भनेर सोचेका थिएनन् ।
तर उनीहरुको यो निर्णयले लैङ्गिक विभेद निम्त्याएको भनी विभिन्न आलोचना खेप्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण