महिनावारी पर सार्न चाहनुहुन्छ ? अपनाउनुस् यी ८ प्राकृतिक तरिका, हुँदैन केही साइडइफेक्ट
एजेन्सी
बैशाख १२ – साधारणतया महिनावारी पर सार्नका लागि महिला औषधीको सेवन गर्ने गर्दछन् । तर यस्ता औषधीका केही साइडइफेक्ट पनि छन् । यसबाट बच्नका लागि प्राकृतिक तरिका अपनाएर महिनावारी पर सार्न सक्नुहुन्छ । नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, जयपुरका डा. सी आर यादवका अनुसार यी खानेकुरा महिनावारी हुनुभन्दा सातदिन अघिदेखि खाए महिनावारी पर सर्छ ।
ज्वानोको पातः
ज्वानोको पाललाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो बनाउनुहोस् र महमा मिसाएर पिउँदा महिनावारी पर सर्छ ।
अमलाको पाउडर वा रसः
अमलाको पाउडर वा रस पिउँदा महिनावरी ढिला हुन्छ । साथै महिनावारीमा हुने पीडाबाट पनि राहत पाइने गर्दछ ।
चामलको पानीः
दिनमा तीनपटक चामलको पानी पिउँदा महिनावारी ढिला हुन्छ ।
अनारको बोक्राः
अनारको बोक्रालाई सुकाएर पिस्नुहोस् । एक चम्चा पाउडरलाई पानीसँग मिसाएर बिहान बेलुका पिउँदा महिनावारी ढिला हुन्छ ।
भेनेगरः
एक ग्लास पानीमा तीन चम्चा भेनेगर हालेर दिनमा तीन–चार पटक पिउँदा महिनावारीको मिति सर्ने गर्दछ ।
दैनिक पर्बलको तरकारी खाँदाः
दैनिक पर्बलको तरकारी खाँदा पनि महिनावारी पर सर्ने गर्दछ ।
चनाको दालको पाउडरः
चनाको दालको पाउडरलाई पानीमा मिसाएर पिउँदा महिनावारी ढिला हुन्छ । यसलाई बिहान खालीपेट पिउँदा अझै फाइदाजनक हुन्छ ।
पुदिनाको रसः
दिनमा दुईपटक पुदिनाको रस पिउँदा महिनावारी ढिला हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण