गर्भावस्थासँग जोडिएका ९ रोचक तथ्य, जुन लाग्छन् अचम्म तर हुन् शत प्रतिशत वास्तविक
एजेन्सी
बैशाख १२ – के तपाईंलाई थाहा छ, गर्भमा हुर्किरहेको शिशुले आमाको सबै कुरा सुन्न सक्छन् ? मेडिकल साइन्समा गर्भसँग जोडिएका केही यस्ता कुराहरु छन् जुन सुन्दा निकै अचम्म लाग्दा छन् र विश्वास गर्न मुश्किल छ । आज हामी तपाईंलाई यस्तै वास्तविकताबारे जानकारी दिँदै छौं जुन सुन्दा निकै अचम्मका लाग्छन् तर हुन् सत प्रतिशत सही ।
मेडिकल साइन्सका अनुसार गर्भमा हुर्किरहेको बच्चाले आमाको कुरा सुन्न त सक्छ नै आफ्नो वरिपरिको कुराहरु देख्न पनि सक्छ । नेशनल चाइल्ड बर्थ ट्रस्ट (एनसिटी) की बारबरा कोट्टका अनुसार पेटमा हुर्किरहेको शिशु २० हप्तापछि बाहिरी आवाजलाई सुनेर प्रतिक्रिया दिने गर्दछ ।
१३ देखि २८ हप्ताको बिचमा बच्चाले पाठेघरमा पिसाब गरेर त्यसलाई पिउन थाल्छ ।
गर्भमा शिशु रुन्छन् पनि ।
गर्भमा मुसा, खरायो, गोरिल्ला, कुकुर, सुंगुर, ह्वेल वा मानिसको अण्डा सुरुवातमा सबैको आकार एउटै हुन्छ ।
शिशुले आमाले खाएको प्रत्येक खानाको स्वाद लिने गर्दछ ।
गर्भवती हुँदा महिलाको पाठेघर आफ्नो नियमित आकारभन्दा ५ सय गुणा ठूलो हुने गर्दछ ।
शिशुको औंठाछाप तीन महिनापछि बन्ने गर्दछ ।
शिशुको शरिरमा सबैभन्दा अन्तिममा फोक्सो विकास हुन्छ ।
पाठेघरमा हुने धेरैजसो तरल पदार्थ वास्तवमा बच्चाको पिसाब हुन्छ ।
२६ हप्ता भएपछि तपाईंको शिशु गर्भभित्रै हाँस्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण