मोबाइलमा भाइरस आक्रमण भए के गर्ने ?
बुधबार, १३ वैशाख २०७४, १४ : १२
संसारभर सबैभन्दा बढी प्रयोग चलाइने स्मार्ट फोनको अपरेटिङ सिस्टम हो, एन्ड्रोइड । सोही कारण एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो जालमा फसाउने प्रयासमा रहन्छन्, ह्याकर्सहरू । जसका लागि उनीहरु हरेक समय नयाँनयाँ तरिका प्रयोग गरिरहेका हुन्छन् । प्रयोगकर्ताले सजिलै कुनै एप्लिकेसन डाउनलोड गरोस् र उनीहरूको सम्पूर्ण जानकारी प्राप्त गर्ने लोभमा उनीहरू हुन्छन् । आइओएस अपरेटिङ सिस्टमको तुलनामा एन्ड्रोइडमा भाइरसले बढी आक्रमण गर्छ । त्यसैले आफ्नो मोबाइलमा आएका नयाँ रिक्वेस्ट या एप्लिेकेसनका विषयमा सजग हुनुपर्छ । एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो स्मार्ट फोनका भाइरस पत्ता लगाउने केही तरिकाका बारेमा प्रिन्स मोबाइलका सञ्चालक सुजन राजभण्डारीको सुझाब यस्तो छः
प्रयोग गरिएको डाटा बढेमा
यदि कुनै पनि नयाँ एप्लिेकेसन डाउनलोड नगरी मोबाइलमा डाटा बढी खर्च हुन लाग्यो भने मोबाइलमा भाइरसले आक्रमण गरेको शंका गर्दा हुन्छ । यदि अघिल्लो महिनाको तुलनामा मोबाइलको डाटा बढी खर्च भयो, त्यो पनि आफूले प्रयोग नगरेको समयमा भने, थाहा पाउँदा हुन्छ, मोबाइलमा भाइरसले आक्रण गर्यो ।
थप शुल्क
यदि मोबाइलमा एसएमएसलगायत अन्य शुल्क सामान्य समयभन्दा बढी खर्च हुन लाग्यो भने पनि भाइरसको कारण हुन सक्छ । यस्तोमा तपार्इंको मोबाइलबाट कुनै प्रिमियम नम्बरमा म्यासेज पठाउने वातावरण तयार गरिन्छ । या स्वतः म्यासेज जान पनि सक्छ । यसरी म्यासेज पठाएपछि मोबाइल ब्यालेन्सबाट स्वतः रकम घट्दै जान्छ । प्रिमियम नम्बरमा पठाएका म्यासेजको शुल्क पनि सामान्य एसएमएसभन्दा बढी नै हुन्छ ।
ब्याट्री चाँडै सकिने
मोबाइलमा भाइरसले आक्रमण गरेपछि डाटामा मात्र नभएर ब्याट्रीलाई पनि असर पु¥याउँछ । एकपटक भाइरसयुक्त एप्लिेकेसन मोबाइलमा डाउनलोड भयो भने थाहा हुन्छ, ब्याट्री कति चाँडै सकिन्छ । सामान्य अवस्थाभन्दा तीव्र गतिमा ब्याट्रीको कार्य क्षमता कम हुँदै गएमा पनि भाइरस नै प्रमुख कारण हुन सक्छ ।
अचानक देखिने पप्सहरू
मोबाइल चलाउँदै गर्दा विभिन्न एप्लिेकेसन, नोटिफिकेसन, अनावश्यक रिमाइन्डरहरू झिलिक झिलिक गर्दै आइरहेको हुन्छ । यस्ता नोटिफिकेसनमा क्लिक गर्दा भाइरसले सजिलै प्रवेश पाउन सक्छन् । त्यसैले मोबाइललाई भाइरस निषेध गर्न यस्ता नोटिफिकेसनप्रति सजग हुनुपर्छ ।
अनावश्यक एप्लिकेसन
कहिलेकाहीँ आफूलाई जानकारी नै नभई नयाँ अनावश्यक एप्लिकेसन मोबाइलमा डाउनलोड भइरहेको हुन्छ । ट्रोजन मेलवयरको माध्यमबाट यस्ता एप्लिकेसन आफूलाई थाहै नभई डाउनलोड भएर मोबाइललाई खराब बनाइरहेको हुन्छ । यस्तो देखिएमा पनि सजग हुनुपर्छ ।
भाइरसबाट छुटकारा पाउन…
यदि मोबाइलमा भाइरसको आक्रमणकै कारण गति स्लो भएको शंका भएमा डिभाइसलाई क्लिन गर्ने विभिन्न तरिका अपनाउन सकिन्छ ।
शंकास्पद एप्लिकेसन डिलिट गर्ने
मोबाइलमा अनावश्यक र शंकास्पद एप्लिकेसन देखिएमा त्यसलाई डिलिट गर्नु सबैभन्दा उत्तम उपाय हो । त्यसका लागि डिभाइसको सेटिङ फिचरमा जानुपर्छ । त्यसपछि एप्लिेकेसन म्यानेजरमा क्लिक गर्नुपर्छ । जुन एप्लिेकेसन हटाउनुपर्ने हो त्यसमा ट्याप गर्ने, त्यसपछि एप्लिेकसनको इन्फर्मेसन स्क्रिन ओपन हुन्छ । सबैभन्दा पहिलो एप्लिेकेसनको केस क्लियर गर्नुपर्छ । त्यसपछि एपको डाटा क्लियर गर्नका लागि डाटामा टेप गर्ने । यी सबै कार्य गरिसकेपछि अनस्टल बटनमा क्लिक गरेर एपलाई रिमुभ गर्नुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज, बजेटमाथिको छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण