मृत्युको कारण बन्न सक्छ यो भिटामिनको कमी, थाहा पाउनुस् १० संकेत
एजेन्सी
बैशाख १५ – चर्चित अमेरिकी स्वास्थ्य विज्ञ डा. मर्कोलाले एउटा यस्तो अनुसन्धान गरेका छन् जसमा ८० प्रतिशत वयस्कमा यस्तो भिटामिनको कमी पाइएको छ जुन जीवनका लागि खतरनाक साबित हुनसक्ने बताइएको छ । यो भिटामिन बी १२ हो जसको चर्चा साधारण रुपमा कम नै हुने गर्दछ ।
किन हुन्छ यसको कमी घातक ?
भिटामिन बी१२ ले बडि फ्याटलाई ऊर्जामा परिवर्तन गर्ने काम गर्दछ । साथै यसले डि.एन.ए र रेड ब्लड सेल्स पनि बनाउने गर्दछ । स्नायू प्रणालीले राम्रोसँग काम गर्नका लागि भिटामिन बी१२ निकै आवश्यक मानिन्छ । यसको कमीले दिमागले गम्भीर क्षती पुर्याउन सक्छ । यो कमी आउँदा दिनमा मृत्युको कारण पनि बन्न सक्छ ।
वर्षौंसम्म थाहा हुँदैन यसको कमीः
डा. मर्कोलाका अनुसार भिटामिन बी१२ को कमी वर्षौंसम्म थाहा हुँदैन । जब थाहा हुन्छ तब धेरै अबेर भइसकेको हुन्छ । तरपनि यसका केही संकेत छन् जसको पहिचान गरेर अलर्ट हुन सकिन्छ । इन्टरनल मेडिसिन, बीएलके सुपर स्पेशलिटी हस्पिटल, नयाँ दिल्लीका निर्देशक डा. आर के सिंघलले यसका १२ संकेतबारे जानकारी दिएका छन् ।
सधैंजसो थकाई लागिरहने र कमजोर महसुस हुने
रगतको कमी हुनु
मुटुको गती तेज हुनु
लामो लामो सास आउने समस्या हुनु
लगातार कब्जियतको समस्या हुनु
तीब्र रुपमा तौल घट्नु
स्मरणशक्ति कमजोर रहनु
टाउको दुख्ने समस्या हुनु
झाडापखालाको समस्या हुनु
जोर्नीमा दुखाईको समस्या
भिटामिन बी१२ को कमी टाढा राख्ने खानेकुरा (प्रतिदिन २.४ माइक्रोग्रामको आवश्यकता)
दुध एक ग्लासमा ०.५५ माइक्रोग्राम हुन्छ
दही एक कचौरामा ०.७५ माइक्रोग्राम
अण्डा एउटामा ०.३९ माइक्रोग्राम
चिकन सय ग्राममा १.११ माइक्रोग्राम
माछा सय ग्राममा ०.६२ माइक्रोग्राम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण