जोडीले सुन्दर सेल्फी पोष्ट गरे जसलाई मानिसहरुले बताए ‘भयानक’
एजेन्सी
बैशाख १५ – सोसल साइटमा एक जोडीको सेल्फीले निकै चर्चा बटुलिरहेको छ । वास्तवमा, एन्डी फ्युन्टेस नामका एक व्यक्तिले बुधकार आफ्नो ट्वीटरमा उक्त फोटो पोष्ट गरेका थिए । तर प्रयोगकर्ताले त्यसमा अर्कै कुरा देखे जसमाथि धेरैले विश्वास गर्न सकेका थिएनन् ।
एन्डीले यो फोटोलाई सेयर गर्दै लेखे, ‘ I love my girlfriend even if shes a gemini’ । पहिलो पटक यो फोटो हेर्दा लाग्छ कि यो एक सुन्दर जोडीको तस्बिर हो । तर फोटोमा निकै अवास्तविक कुरा देखिएको छ । बिचार पुर्याएर हेर्नुभयो भने जोडीको पछाडि एउटा ऐना देखिएको छ जसमा दुबै देखिएका छन् । तर महिलाको पछाडिको भाग देखिनुको साटो उनको अनुहार देखिएको छ जसले मानिसहरुलाई अचम्ममा पारिदिएको छ ।
यो तस्बिरमा मानिसहरुले अचम्मका कमेन्ट गर्न सुरु गरेका छन् । एक व्यक्तिले उक्त तस्बिर निकै डरलाग्दो र अचम्मको बताएका छन् जसका कारण यसलाई तुरुन्त डिलिट गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
यस्तै एक प्रयोगकर्ताले फोटो जूम गरेर स्क्रिनशट पोष्ट गर्दै लेखेकी छिन्, ‘आखिर यो के हो ?’
यद्यपी, उक्त फोटोलाई विवादास्पद बनाउनका लागि फोटोसप पनि गरिएको हुनसक्छ तर वास्तविकता के हो त्यसको पुष्टि अहिलेसम्म हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण