सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

गुगलसँग काम माग्ने यी ७ वर्षीया बालिकाले पाइन् आफ्नो पहिलो जागिर

सोमबार, १८ वैशाख २०७४, १५ : २४
सोमबार, १८ वैशाख २०७४

एजेन्सी

बैशाख १८ – ७ वर्षको उमेरमा गुगलसँग काम माग्ने बालिक क्लोई ब्रिजवाटर एक पटक पुनः चर्चामा छाएकी छिन् । यसपटक उनले जागिर पाएका कारण मिडियामा छाएकी छिन् । तपाईंले सोचिरहनु भएको होला, ७ वर्षको उमेरमा क्लोईले के काम गर्न सक्लिन् । यस्तो सोचिरहनुभएको छ भने तपाईं अचम्ममा पर्नुहुनेछ, क्लोई एक टेक कम्पनीमा काम गरिरहेकी छिन् ।

क्लोईले गुगलका सिइओ सुन्दर पिचईलाई एक पत्र लेखेकी थिइन् जसमा उनले आफू गुगलमा काम गर्न चाहेको बताएकी थिइन् । त्यसपछि गुगलका सिइओले उनको पत्रको जवाफ पनि पठाएका थिए ।

क्लोई कानो नामको एक टेक कम्पनीमा प्रोडक्ट टेस्टरको रुपमा काम गरिरहेको स्रोतले दाबी गरेको छ । उनीसँगै उनकी ५ वर्षीया बहिनी होली पनि उनीसँगै काम गर्छिन् ।

टेक कम्पनी कानोः

वास्तवमा यो टेक कम्पनी म्क्ष्थ् कम्प्युटर किट्स बनाउँछ जो विशेष बच्चाहरुका लागि हुन्छन् ।

प्रोडक्ट टेस्टरः

क्लोई र उनकी बहिनी होली कम्पनीले बनाएको सबै उत्पादनलाई बजारमा जानुभन्दा पहिले परिक्षण गर्नेछन् । क्लोईले सबै नयाँ उपकरणको परिक्षण गर्नेछिन् ।

बाँड्नेछन् अनुभवः

कम्पनीका अनुसार क्लोई र उनकी बहिनीलाई हरेक नयाँ उत्पादन बजारमा जानुभन्दा पहिले परिक्षण गर्न दिइन्छ । त्यसपछि कम्पनीका भाइस प्रेसिडेन्ट ल्यूक अब्राम्ससँग त्रैमासिक रुपमा भिडियो कलमार्फत आफ्ना अनुभव बताउनेछन् र उत्पादनलाई राम्रो बनाउन मद्दत गर्नेछन् ।

गुगलमा पठाएकी थिइन् चिट्ठीः

आफ्नो चिट्ठीमा गुगलले काम गर्ने इच्छा जताएकी थिइन् । साथै क्लोईले आफू एक चक्लेट फ्याक्ट्रीमा काम गर्न चाहेको पनि लेखेकी थिइन् । आफ्नो चिट्ठीमा उनले आफ्नी पाँच वर्षीया बहिनीको पनि कुरा गरेकी थिइन् । आफ्नी बहिनीलाई स्विमिङ क्लास लिइरहेको पनि उनले चिट्ठीमा लेखेकी थिइन् ।

पिचईले दिएका थिए जवाफः

गुगलका सिइओले उनको चिट्ठीको जवाफ दिए । सुन्दर पिचईले स्कूलको पढाई पूरा गरेपछि गुगलमा पुनः जागिरको लागि आवेदन दिन आग्रह गरेका थिए । रिपोर्टका अनुसार क्लोइलाई उनका बुवाले यो चिट्ठी लेख्न प्रेरित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप