चकित बनाइदिने महिलाको यो तस्बिर हेर्नुहोस्ः मानिसले भनिरहेछन्, ‘यी महिलामा प्रेतात्माको बास’
बीबीसी
बैशाख २० – अमेरिकामा एक महिलाको तस्बिर भाइरल भइरहेको जसको आँखा पूरै कालो छ र नानी खैरो रङको छ ।
अमेरिकाको लेकेस्टर काउन्टी पुलिसले साउथ क्यारोलाइनामा बस्ने यी महिलाको तस्बिर गत शुक्रबार सार्वजनिक गरेको थियो ।
काउन्टी शेरिफले २४ वर्षीया मोर्गन जोएस वार्नलाई बन्दुक देखाएर लुटेको आरोपमा पक्राउ गरेको छ ।
उनीमाथि हतियारको मद्दतले चोरी गरेको, अपहरण गरेको र सार्वजनिक सम्पत्तिमाथि हानी गरेको आरोप लगाइएको छ ।
मोर्गनले आफ्नो आँखामा ट्याटु बनाएकी हुन् वा उनले विशेष प्रकारको कन्ट्याक्ट लेन्स लगाएकी हुन् त्यो भने स्पष्ट हुन सकेको छैन । पुलिसले उनको तस्बिर फेसबुकमा पोष्ट गरेलगत्तै थुप्रै मानिसले कमेन्टको वर्षा गरेका छन् ।
कतिले सोधिरहेका छन्, ‘के उनी नराम्रो शक्तिको प्रभावमा छिन् ?’
लस भेगसको एक न्यूज वेबसाइटले आफ्नो फेसबक पेजमा मोर्गनको तस्बिर ‘तपाईंको आङ सिरिङ्ग बनाइदिने तस्बिर हेर्नुहोस्’ क्याप्सनका साथ पोष्ट गरेको छ ।
यसको जवाफमा एक व्यक्तिले लेखे, ‘चाँडै नै एक तान्त्रिकका आवश्यक छ । ’
मोर्गनका अन्य दुई साथीलाई पनि सोमबार राती पुलिसले एक घण्टासम्म चलेको संधर्षपश्चात् पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण