मस्त निन्द्रा लाग्न सघाउने यी ९ खानेकुरा
टाइम्स अफ इन्डिया
बैशाख २० – मिठो निन्द्रा स्वस्थ जीवनको कडी हो । तर तनाव, अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपिनका कारण हामीमध्ये धेरैलाई राती निन्द्रा लाग्दैन । युनिभर्सिटी अफ पेन्सिल्भानियाको एक नयाँ अनुसन्धानले मिठो निन्द्राका लागि कार्बोहाइड्रेट, क्याल्सियम र म्याग्नेसियमको आवश्यकता पर्ने बताएको छ । सुत्नुभन्दा अघि खाइने खानेकुराले पनि निन्द्रा लाग्ने नलाग्ने भन्ने कुरामा निर्भर हुने अनुसन्धानले बताएको छ । यहाँ यस्तै खानेकुराको सूची दिइएको छ जुन मिठो निन्द्राका भागिदार हुन्छन् ।
१. केराः
केरामा पोटासियम र म्याग्नेसियमको मात्रा अत्यधिक हुन्छ । पोटासियमले ऐठनको समस्यालाई ठिक गर्नुका साथै यसले स्नायु र मांसपेशीलाई आराम प्रदान गर्दछ । केराले पाचन क्रिया र रक्त संचारलाई पनि सघाउ पुर्याउँछ ।
२. महः
महमा पाइने प्राकृतिक चीनीले बिस्तारै इन्सुलिन बढाउन सहयोग गर्दै ट्रिप्टोफ्यानलाई सजिलै दिमागमा प्रवेश गराउँछ । ट्रिप्टोफ्यानले हाम्रो शरिरको क्लक हर्मोन – सेरोटोनिन र मेलाटोनिनलाई सुत्ने र उठ्ने साइकल निर्धारण गर्दछ ।
३. सलाद खाने सागः
यो सागमा ल्याक्टुक्यारियम हुन्छ जसले दिमागलाई अफिमले झैं असर गर्दछ । बेलुकाको खानामा सलादसँगै यो साग समावेश गर्दा चाँडै निन्द्रा लाग्न सहयोग गर्दछ ।
४. ओखरः
ओखरमा ट्रिप्टोफ्यानको प्रचुर मात्रा पाइन्छ जसले सेरोटोनिन र मेलाटोनिनको उत्पादनमा सहयोग पुर्याउँछ । त्यसकारण मिठो निन्द्राको लागि सुत्नुभन्दा अघि एक दुईवटा ओखर खानुहोस् ।
५. एल्मोन्ड (बदाम):
एल्मोन्डमा म्याग्नेसियमको मात्रा हुन्छ जुन मिठो निन्द्राको लागि आवश्यक पर्छ । अर्थोमलिकुलर मेडिसिनको जर्नलमा प्रकाशित जानकारी अनुसार शरिरमा म्याग्नेसियमको मात्रा कम भए निन्द्रा कम लाग्छ । एल्मोन्डले टाउको दुखाई कम गर्न पनि सहयोग गर्दछ ।
६. चेरी जुसः
चेरी विशेषगरी टार्ट चेरीले मेलाटोनिनको स्तरमा वृद्धि गर्ने भएकाले यसले मिठो निन्द्रामा सघाउ पुर्याउँछ । युनिभर्सिटी अफ पेन्सिल्भानिया र रोचेस्टरका अनुसन्धानकर्ताका अनुसार चेरीको जुसले चाँडै निदाउनसमेत मद्दत पुर्याउँछ । यो निष्कर्ष निकाल्नका लागि अनिन्द्राले पीडित एक समूहलाई सुत्नुभन्दा पहिले चेरी जुस खुवाइयो । उनीहरुले आफ्नो समस्याको बिस्तारै हल भएको पाए ।
७. अण्डाः
अण्डामा भिटामिन डी पाइन्छ जसले निन्द्रामा सहयोग पुर्याउँछ ।
८. डेरी उत्पादनः
डेरी उत्पादनमा क्याल्सियमको मात्रा धेरै हुनेभएकाले मिठो निन्द्रामा सहयोग पुर्याउँछ ।
९. कर्न फ्लेक्सः
कर्न फ्लेक्समा कार्बोहाइड्रेट र क्याल्सिम (दुधबाट) पाइने भएकाले निन्द्रा लगाउन सहयोग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्षपछि विश्वकपमा फर्किएको चेक रिपब्लिकसँग भिड्दै एसियाली महारथी दक्षिण कोरिया
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक: ५ लाख ३८ हजारले प्राप्त गरे एनसीआईडी, १ लाख ४९ हजार प्रक्रियामा
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
-
प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बाख्रापालनले दिलाएको सम्मान र सन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण