पूर्व पार्टनरलाई पैसा नदिनका लागि यी महिलाले निलिन् ९ लाख रुपैयाँ
अडिटी सेन्ट्रल
बैशाख २४ – २८ वर्षीया एक महिलाले ९ हजार डलर (९ लाख रुपैयाँ बढि) र १ सय डलरको बिल निलेपछि उनलाई युनिभर्सिटी हस्पिटल अफ स्यान्ट्यान्डर (एचयूएस) को आकस्मिक कक्षमा भर्ना गर्नुपर्यो । उनले यसो गर्नुको कारण भने निकै रोचक छ । पूर्व पार्टनरलाई उक्त रकमको आधा नदिने उद्देश्यले यस्तो गरेकी हुन् ।
यस्तो अचम्मको घटना अप्रिल २२ तारिखको हो जब स्यान्ड्रा मिलेना एल्मेइडाले अत्यधिक पेट दुखेपछि अस्पताल पुगिन् । डाक्टरले ती २८ वर्षे महिलालाई ग्याष्ट्रिक अवरोध भएकाले तत्काल शल्यक्रिया गर्नुपर्ने बताए । जब शल्यक्रिया गरियो तब डाक्टरहरु पेटभित्र पैसा देखेपछि अचम्ममा परे । ती डाक्टरले सानो आन्द्राबाट केही धेरैजसो पैसा निकाल्न सफल भए । केही पनि प्राकृतिक रुपमा नै बाहिर निकालिने बताए ।
बिरामीको पेटभित्रबाट ६ हजार ७ सय डलर पाउनु सामान्य कुरा होइन त्यसकारण युनिभर्सिटी हस्पिटल अफ स्यान्टान्डरले स्थानीय पुलिसलाई यसबारे जानकारी दिए । शल्यक्रियापछि डाक्टरले उनलाई यस्तो गर्नुको कारण सोधे । स्यान्ड्रा मिलेना एल्मेइडाले यसको नालीबेली बताइन् ।
उनका अनुसार उनी र उनका पार्टनरले पानामामा बसाईं सर्न र राम्रो जीवनशैली अपनाउनका लागि केही पैसा जम्मा गरेका थिए । तर उनको पार्टनरले उनलाई ब्रेकअप चाहे । उनले फर्निचर, मोटरसाइकललगायत अन्य विभिन्न सामग्री बेचेबापत् पाएको पैसाको आधा हिस्साको पनि माग गरे तर अल्मेइडाले उक्त कुरा सुनिनन् ।
पूर्व पार्टनरलाई पैसा दिनुको साटो त्यसलाई खाइदिने उनले सोच बनाइन् । उनले सय डलरको बिललाई रोल गरिन् त्यसलाई प्लाष्टिकमा बेरिन् र रबरले कसिन् । त्यसपछि पानीको सहायताले निलिन् । ९ हजार डलर निलेपछि स्यान्ड्रालाई अत्यधिक पेट दुख्यो र तत्काल् अस्पताल जानुपर्यो ।
बुकारामांगा पुलिसले उनको दाबीबारे अनुसन्धान गर्यो र उनीविरुद्ध कुनै आरोप दर्ता नगर्ने निष्कर्ष निकाल्यो । उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरियो र पेटभित्रबाट निकालिएको ५ हजार ७ सय डलर पनि दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण