सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

यी हुन् ९८ वर्षे योगा प्रशिक्षक, तपाईं भन्दा थुप्रै गुणा स्वस्थ र फिट

आइतबार, २४ वैशाख २०७४, १६ : २२
आइतबार, २४ वैशाख २०७४

अडिटी सेन्ट्रल

बैशाख २४ – ९८ वर्षीया भी. नानाम्मल भारतकी सबैभन्दा वृद्ध योगा प्रशिक्षक हुन् भने संसारकी दोस्रो । नानाम्मलले भारतीय युवालाई पूराना कला संस्कृति अनुसरण गर्न अभिप्रेरणा दिइरहेकी छिन् ।

भी. नानाम्मलले ८ वर्षको हुँदा योगा गर्न सुरु गरेकी थिइन् । उनले यो कला आफ्नो बुवाबाट सिकेकी थिइन् जो एक मार्सल आर्टिस्ट थिए । त्यसपश्चात् तलिल नाडुस्थित आफ्नो घरमा उनले हजुरबुवाको निगरानीमा योगाको भित्री कुरा सिकिन् । विवाहपश्चात् पनि नानाम्मलले आफ्ना ससुरासँग योगा सिकिन् र तत्काल अरुलाई सिकाउन पनि थालिन् । यी वृद्ध योगा प्रशिक्षकले विगत ९ दशकदेखि योगा गर्न कहिले पनि छुटाएकी छैनन् । यसले उनलाई स्वस्थ बनाएको छ र उनको शरिर रबर जत्तिकै लचिलो भएको छ । उनले आफू कहिले पनि बिरामी नभएको र कहिले पनि केही औषधी नखाएको दाबी गर्छिन् । ‘मैले आफ्नो जीवनको कुनै पनि समय योगा गर्न बन्द गरिनँ । यो नै मेरो स्वस्थ जीवनको राज हो,’ उनले भनिन् ।

९८ वर्ष पुगेका वृद्ध–वृद्धा कसैको सहारा बिना हिँडडुल गर्न सके धन्य मान्छन् तर उनी भने निकै अप्ठेरा योगासन गर्छिन् । उनी दैनिक सयभन्दा बढि विद्यार्थीलाई आफ्नै निवासमा योगा सिकाउँछिन् र योगाको महत्वबारे जानकारी पनि दिन्छिन् ।’

‘मेरो उनीजस्तै स्वस्थ हुने चाहना छ,’ उनका एक विद्यार्थीले डेक्कन हेराल्डलाई भनिन् । ‘योगा गरेको यत्तिका वर्षसम्म पनि हामी कुनै योगासन गर्न सक्दैनौं, उहाँ भने निकै सजिलै गर्नुहुन्छ,’ अर्का एक विद्यार्थीले भने ।

‘मेरी आमाले निकै गाह्रो योगासन पनि गर्न सक्नुहुन्छ,’ नानाम्मलका छोरा भी. बालकृष्णनले भने । उनका छोरा पनि योगा प्रशिक्षक हुन् ।

‘म हाम्रो परम्परागत साडी मात्र लगाउँछु । तर पनि ५० भन्दा बढि आसन गर्नसक्छु,’ नानाम्मलले भनिन् । ‘म सुत्नुभन्दा अघि पनि योग गर्छु र बिहान आफ्ना विद्यार्थीहरुसँग गर्छु । मेरा शरिरको लागि भए पनि मैले योगा गर्नैपर्छ नभए मेरो शरिर दह्रो हुन्छ ।’

नानाम्मलका विद्यार्थीमा ६ वर्षे बालबालिकादेखि ६० –७० वर्षका महिला छन् । नानाम्मलको योगाप्रतिको समर्पण देखेर उनीहरु सबै दङ्ग छन् ।

भी नानाम्मलले भारतमा आयोजिक विभिन्न योगा प्रतिस्पर्धामा स्वर्ण पदक र उपाधि जितेकी छिन् । ‘विश्वमा छरिएका विभिन्न योगा संघ संस्थाको अफर उनले अस्विकार गरेकी छिन्, किनभने उनलाई अंग्रेजी आउँदैन ,’ उनका छोराले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप