बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरुको दाबी : लाखौँ भोट ल्याएर जित्छौँ

आइतबार, २४ वैशाख २०७४, १६ : ५१
आइतबार, २४ वैशाख २०७४

काठमाडौं, बैशाख २४ –बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौं महानगरपालिका मेयरका उम्मेदवारहरुले काठमाडौँलाई देशकै नमुना सहर बनाउने प्रतिबद्धता, जित्ने आधार र दाबी प्रस्तुत गरेका छन् ।

आईतबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार राजुराज जोशीले नेपाली काँग्रेस पार्टी नै आफ्नो जित्ने प्रमुख आधार भएको स्पष्ट पारे ।

उनले भने,‘मेरो जित्ने प्रमुख आधार नै मेरो पार्टी हो, काँग्रेसले यो मुलुकको परिवर्तनमा अगुवाई गरेको छ, राणा शासन कसको कारणले गयो ? पञ्चायत गयो, ०४८ सालमा किशुनजीको अगुवाईमा संविधान जारी भयो, त्यसपछि ०६२/६३ मा जनआन्दोलन पनि काँग्रेसकै कारण सफल भयो, राजतन्त्र समाप्त भयो, म गौरवशाली ईतिहाँस बोकेको पार्टीबाट उम्मेद्वार छु, मेरो जित्ने आधार नै यही हो नि ।’

जोशीले आफूले लाखौं भोट ल्याएर जित्ने दाबी समेत गरे । उनले थपे,‘हामीसँग यो क्षमता छ, तागत छ ।’ उनले काठमाडौंमा काँग्रेस ५० हजार भोटले अघि रहेको समेत दाबीसमेत गरे ।

कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेका विद्यासुन्दर शाक्यले पार्टीले ल्याएको कार्ययोजनाअनुसार महानगरपालिकालाई नयाँ स्वरुप प्रदान गर्ने विश्वास दिलाए । उनले आफ्नो जित्ने बलियो आधार नै पार्टीको बलियो संगठन भएको दाबी गरे । उनले भने,‘मेरो जित्ने आधार भनेको नै पार्टीको संगठन हो, म स्वयम् पनि काठमाडौं महानगरपालिकामा नजिक भएर काम गरेको व्यक्ति हुँ, त्यस्तै एमालेले राष्ट्र र राष्ट्रियताको लागि जुन आफ्नो अडान लिएको छ, यो पनि मेरो जित्ने आधार हो, किनकी जनता अहिले एमालेको पक्षमा छन् ।’

शाक्यले महानगरलाई २४ घन्टा खुला बनाउने वाातावरण आफूले बनाउने समेत दाबी गरे । उनले भने,‘काठमाडौँलाई पर्यटकीय आकर्षकको प्रमुख गन्तव्य बनाउँछु, महानगरलाई समृद्ध, सुन्दर र जीवन्त बनाउँछु ।’

त्यस्तै उनले काठमाडौंमा देखिएका यातायात तथा फोहोरमैलाका समस्यालाई यथाशिघ्र चाँडो समाधान गर्ने समेत दाबी गरे । ०७२ को महाभुकम्पबाट ध्वस्त बनेका काठमाडौंका सम्पदाहरुको पूर्ननिर्माण गर्ने समेत उनले योजना सुनाए ।

त्यस्तै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्धवार किशोर थापाले आफ्नो अध्ययन र अनुभव नै सहरी विकास भएकोले काठमाडौंको विकासको लागि आफू उपर्युक्त व्यक्ति भएकोले उम्मेद्धवारी दिएको स्पष्ट पारे ।

उनले भने,‘मेरो फिल्ड नै सहरी विकास हो, यही फिल्डमा मैले ३२ वर्ष लामो समयसम्म काम गरेको छु, नीतिगत तहमा रहेर काम गरेको छु, विभिन्न मन्त्रालयमा सचिव भएर काम गरेको छु।’ आफूले नेपालको राजनीतिलाई समेत नजिकबाट नियाँलेको बताउँदै नयाँ राजनीतिक विचारधारा बोकेर आएको पार्टी साझा पार्टीको तर्फबाट स्वतन्त्र हैसियतमा क्यामेरा चुनाव चिन्ह लिएर उम्मेद्धवारी दिएको स्पष्ट पारे । उनले आफू निर्वाचित भए काठमाडौंको सम्पदाहरुलाई पूर्नजीवन दिने, विकास गर्ने, आधुनिकिरण शहर निर्माण गर्ने योजना सुनाए ।

यस्तै उनले मेयरलाई हरेक दिन सराप्न नपरोस भन्दै उपर्युक्त व्यक्तिलाई मेयर बनाएर पठाउन काठमाडौंवासीहरुसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप