६७ वर्ष सँगै बाँचेपछि अब सँगै मर्ने तयारीमा यो जोडी
डेली मेल
बैशाख २६ – इंगल्याण्डको म्यान्चेस्टरमा बस्ने यो जोडी पछिल्लो ६७ वर्षसम्म सँगै जीवनयापन गरेपछि अब अन्तिम सास पनि सँगै लिइरहेका छन् । वास्तवमा, ८७ वर्षका बिएट्रिश वाइटहेड पछिल्लो ६ वर्षदेखि हड्डीको क्यान्सरसँग लडिरहेकी छिन् । यस्तै, उनका बाल्यकालका प्रेमी ९० वर्षका उनका श्रीमान् बर्ट हरेक कदममा उनीलाई साथ दिन तयार छन् ।
– यो जोडीको विवाह सन् १९५० मा भयो, त्यतिबेला ब्रिएटिश १५ र बर्ट १७ वर्षका थिए । यी दुईको विवाह भएको ६७ वर्ष भइसकेको छ तर उनीहरुबिचको प्रेम अहिलेसम्म पनि त्यस्तै छ । अहिले उनीहरुका चार सन्तान, चार नाती नातीना र पाँच पनाती पनातीना छन् ।
यो जोडीकी ५२ वर्षीया छोरी सुज्यानका अनुसार उनकी आमा पछिल्लो ६ वर्षदेखि क्यान्सरले ग्रसित छिन् । उनी भन्छिन्, ‘आमालाई अस्पतालमा भर्ना गराउनुपर्यो र त्यसको केही समयपछि बुवाको पनि स्वास्थ्य बिग्रन थाल्यो । अन्त्यमा उनलाई पनि अस्पताल भर्ना गर्नुपर्यो । उहाँहरुको प्रेम यति गहिरो छ कि आमाले बिचमा नै आफ्नो उपचार रोकिदिनुभयो ।’
यस्तै रोयल बोल्टन अस्पतालका कर्मचारीले दुबैबिचको प्रेम देखेर अन्तिम समयमा सँगै राख्ने निर्णय गरे । अस्पतालका कर्मचारीले दुबैको बेड नजिकै राखिदिए ता कि दुबैले एक अर्काको हात समाउन सकून् ।
– जोडीका ज्वाईं स्टिफन हलका अनुसार जब दुबैलाई एउटै कोठामा सँगै राखियो तब बर्ट खुसीले मुस्कुराउन थाले । ‘त्यो पल निकै भावुक बनाइदिने किसिमको थियो,’ उनले भने ।
– अस्पतालका एक प्रवक्ताका अनुसार उनीहरुलाई अन्तिम समयमा सँगै राख्ने प्रयासस्वरुप यस्तो गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण