वैदेशिक व्यापारमा ३६ प्रतिशतले बृद्धि
मङ्गलबार, २६ वैशाख २०७४, १८ : ४४
काठमाडौँ, वैशाख २६ – चालु आर्थिक वर्ष २०७३/ ७४ को प्रथम नौ महिनामा वैदेशिक व्यापारमा ३६ प्रतिशतले वृद्धि भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्क अनुसार सो अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ९ प्रतिशतले वृद्धि भई रु सात खर्ब ८१ अर्ब २८ करोड पुगेको छ ।
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७ दशमलव १ प्रतिशत र ९२ दशमलव ९ प्रतिशत रहेको केन्द्रले जनाएको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ९ दशमलव ९ प्रतिशतले वृद्धि भई रु ५५ अर्ब २६ करोड तथा कुल पैठारीमा ३८ दशमलव ४ प्रतिशतले वृद्धि भई रु सात खर्ब २६ अर्ब दुई करोड पुगेको छ ।
उक्त अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबुटी आदि प्रमुख छन् ।
त्यस्तै, पैठारी व्यापारमा भारत, चीन, युएई, फ्रान्स, इन्डोनेसिया, थाइल्यान्ड, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, साउदी अरेबिया, क्यानडा, जापान, मलेसिया र भियतनाम प्रमुुखरुपमा छन् ।
चालु आवमा समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भए पनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ४१ द्यशमलव ४ प्रतिशतले वृद्धि भई रु छ खर्ब ७० अर्ब ७६ करोड पुगेको छ ।
नेपालका प्रमुख व्यापारिक साझेदार देशमध्ये निर्याततर्फका प्रमुख गन्तव्यमा भारततर्फ अलैँची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टिलका उत्पादन, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुखरुपमा निर्यात भएको देखिन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण