पहिलोपटक जापानी प्रविधिमा प्रदूषणरहित इँटा उत्पादन
मङ्गलबार, २६ वैशाख २०७४, १८ : ४९
भक्तपुर, वैशाख २६– भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ ।
नेपालका लागि जापानी राजदूत मासासी ओगावाले इँटा उत्पादन गर्ने उद्योग ‘सुपर इको ब्रिक इनोभेसन’को उद्घाटन गरेका हुन् ।
कार्यक्रममा राजदूत ओगावाले नेपालमा पहिलोपटक पोल्न नपर्ने इँटा उत्पादन सुरु गरेको बताउँदै यसले वातावरण प्रदूषण नहुने र वातावरण सन्तुलनमा भूमिका निर्वाह गर्ने बताए । यस कम्पनीले उत्पादन गरेको इँटा भवन निर्माणका लागि भरपर्दो रहेको बताउँदै जापानमा लोकप्रिय भइरहेको यो प्रविधि बङ्गलादेशमा पनि सुरु भएको बताए ।
यो इँटा उत्पादनले दुई वर्षअघि महाभूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणका लागि सहयोग पुग्ने बताउँदै उनले नेपालमा यो प्रविधिले इँटा उत्पादन सुखद मात्रै नभई यसले नेपाल र जापानको सम्बन्धलाई प्रगाढ बनाउने बताए ।
कार्यक्रममा जापानको प्रख्यात कम्पनी इकेन प्रालिका अध्यक्ष हिडियाकी हाचियाले बुद्धको देशमा लगानी गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताए ।
रसायन प्रयोग गरेर इँटा उत्पादन गर्ने विश्वकै पहिलो उद्योग यही रहेको चर्चा गर्दै उनले यो इँटा उत्पादनले सरकारले वायु प्रदूषणमा नियन्त्रणमा गरिरहेको लगानीसमेत कटौती हुने दाबी गरे । उपत्यकामा रहेका इँटाभट्टाले यहाँ ३५ प्रतिशत वायु प्रदूषण गरिरहेको बताउँदै वातावरणमैत्री उद्योग स्थापनाले सामाजिक उत्तरदायित्व समेत पूरा गर्ने बताए ।
कार्यक्रममा उद्योगमा प्रबन्ध निर्देशक सुनिल लोहियाले रु २० करोडको लगानीमा सुरु भएको उद्योगले दैनिक एक लाखवटा इँटा उत्पादन गर्ने क्षमता रहेको बताए । यहाँको १०० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले २०० जनालाई रोजगारी दिएको बताउँदै यो इँटाले प्लास्टर र रङ्गको प्रयोग गर्नु नपर्ने र पानीसमेत नरसाउने बताए ।
त्यस अवसरमा उद्योगका अध्यक्ष प्रकाश गिरीले उद्योगबाट उत्पादन हुने प्रत्येक इँटाको मूल्यबाट प्रतिइँटा १० पैसाका दरले रकम सङ्कलन गरी स्थानीयवासीको स्वास्थ्य र शिक्षामा खर्च गरिने बताए । उनले समुदायको स्वास्थ्यमा संवेदनशील भएर प्रदूषणरहित इँटा उत्पादन सुरु गरेको बताउँदै उनले सरकारले गर्नुपर्ने वातावरण संरक्षणको दायित्वमा यस उद्योगले पनि टेवा पुर्याएको बताए । यो उद्योग इकेन प्रालि र नेपालका पाँच उद्योगपतिको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण