सूचना विभागको प्रेसपासकै आधारमा समाचार सङ्कलन गर्न पाइने
मङ्गलबार, २६ वैशाख २०७४, १८ : ५४
काठमाडौँ, वैशाख २६– निर्वाचन आयोगले आमसञ्चार माध्यममा कार्यरत पत्रकारलाई सूचना विभागबाट उपलब्ध गराइएको प्रेसपासका आधारमा स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न पाउने व्यवस्था गरेको छ ।
आयोगले स्थानीय तहको निर्वाचनका लागि बेग्लैखालको विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीको सूचना विभागबाट उपलब्ध परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्ने व्यवस्था गरिएको आयोगाका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले सबै समाचार माध्यमका पत्रकार र फोटो पत्रकारले सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा मतदान तथा मतगणना केन्द्रको समाचार सङ्कलन गर्न सकिने व्यवस्था रहेको हो ।
स्थानीय तहको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण