दक्षिण कोरियामा उदारवादी मुन ‘नयाँ राष्ट्रपति’
मङ्गलबार, २६ वैशाख २०७४, १८ : ५३
सिओल, वैशाख २६ – उदारवादी उम्मेदवार मुन जे इन दक्षिण कोरियाको नयाँ राष्ट्रपति बन्ने एक्जिट पोलले देखाएको छ ।
मतसर्वेक्षणमा मुनले ४१.४ प्रतिशत मत ल्याउने देखाइएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी होङ जुन प्योले २३.३ प्रतिशत मत ल्याउने प्रक्षेपण गरिएको छ ।
तीन वटा टिभी स्टेसनले मत सर्वेक्षण गरेको हो ।
पूर्व राष्ट्रपति पार्क गेउन हे भ्रष्टाचार काण्डपछि पदच्युक्त भएपछि कोरियामा नयाँ निर्वाचन भएको हो ।
यदी उनी निर्वाचनमा विजयी भए उनले बुधबार शपथ ग्रहण गर्नेछन् ।
उत्तर कोरियासँग थप संवाद गर्नुपर्ने मत राख्ने मुनको विजयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी अमेरिकाले दक्षिण कोरियाली भूमिमा एन्टी मिसाइल सिस्टम राखेकोमा पनि असन्तुष्टि जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण